बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारकाभ्रेको भुम्लुमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको भुम्लुमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु


काभ्रे । काभ्रेको भुम्लु गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दोलालघाटबाट चौंरी देउराली तर्फ गईरहेको बा २१ च ९२१० नंवर को कुखुराको दाना बोकेको बोलेरो भुम्लु गाउँपालिका ५ स्थित जामुने कालो भिर खोलामा खसेको हो ।

जीप सडकबाट करिब ३०० मिटर तल खस्दा बोलरो चालक चौंरी देउराली गाउँपालिका ४ बस्ने वर्ष ४९ को कमल श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

दुर्घटनापछि घाइते भई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएका श्रेष्ठको उपचारकै क्रममा मृत्यु भएको हो । बोलेरोमा श्रेष्ठ मात्रै रहेका थिए । उनी सरस्वति माध्यमिक बिद्यालय छेडाका प्रधानाध्यापक समेत हुन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!