बिहीबार, मंसीर २३, २०७८
गृहपृष्ठसमाचारबाढी पहिरो निरीक्षण गर्न प्रधानमन्त्री सुदूरपश्चिम जाँदै

बाढी पहिरो निरीक्षण गर्न प्रधानमन्त्री सुदूरपश्चिम जाँदै


काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा आज कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पु¥याएको क्षतिको निरीक्षणमा जाँदैछन् ।

प्रधानमन्त्री देउवा काठमाडौंबाट सुर्खेत जाने र सुर्खेतबाट दिपायल जाने कार्यक्रम रहेको छ । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस केन्द्रीय सदस्यहरू रमेश लेखक र वीरबहादुर बलायरलाई लिएर निरीक्षणमा जान लागेको देउवाका सहयोगी भानु देउवाले जानकारी दिए ।

त्यस क्रममा देउवाले डोटी, बझाङ, बैतडी, डडेल्धुरा र कञ्चनपुरमा हवाइ निरीक्षण गर्नेछन् । मनसुनपछिको वर्षासँगैको बाढी पहिरोले सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा क्षति पुगेको छ । सुदूरपश्चिम प्रधानमन्त्री देउवाको गृह प्रदेश पनि हो । देउवा भोलि शुक्रबार मात्र काठमाडौं फर्कनेछन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!