शनिबार, मंसीर १८, २०७८
गृहपृष्ठसमाचारमादक पदार्थ सेवन गरि सवारी दुर्घटना गर्ने पक्राउ

मादक पदार्थ सेवन गरि सवारी दुर्घटना गर्ने पक्राउ


चाैतारा ।
मादक पदार्थ सेवन गरि सवारी चलाउने एक व्यक्ति पक्राउ परेका छन् । रसुवा जिल्ला कालिका गा.पा.३ रामशरण न्यौपानेलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
तिव्र रुपमा हाँकेको बा २ क ४७०० नम्बरको ट्रिफर अनियन्त्रीत भई सडकबाट बाँया तर्फ अं २० फिट तल खसी सवारी दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।
गएराति साढे ९ बजे मेलम्ची नगरपालिका ११ धितालबेसी स्थित मेलम्ची जिरो किलो सडक खण्डमा मेलम्चीबाट बाहुनेपाटी तर्फ मादक पदार्थ सेवन गरि नसाको सुरमा सवारी हाँक्नेलाई प्रहरीले पक्राउ गरेकाे थियाे ।
चालकलाई घटनास्थलबाटै नै पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट म्याद अनुमति लिई अभद्र व्यवहार मुद्दामा आवश्यक कार्वाही अगाडी बढाईएको प्रहरीले जनाएकाे छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!