आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचार४० वर्षे एकलौटी हट्यो, ताल्चाभँडेल नेतृत्वको रेडक्रस खारेज

४० वर्षे एकलौटी हट्यो, ताल्चाभँडेल नेतृत्वको रेडक्रस खारेज


चौतारा । जिल्ला रेडक्रस सोसाईटी सिन्धुपाल्चोकक शाखाको समिति खारेज भएको छ । रेडक्रस केन्द्रले जिल्ला समिति खारेज गर्दै नयाँ तदर्थ समिति निर्माणसमेत गरेको हो ।
समिति खारेज भएसँगै हाल सभापति रहेका राजेन्द्रमान ताल्चाभँडेलको ४० वर्षे नेतृत्वको अन्त्यसमेत भएको छ ।
५ वर्ष सम्म अधिवेशन नभएपछि नेपाल रेडक्रस सोसाईटी केन्द्रिय कार्यालयले ताल्चाभडेल नेतृत्वको कार्य समितिलाई खारेज गरीदिएको छ । केन्द्रको शुक्रबार बसेको बैठकले रेडक्रसको प्रचलित विधानकोदफा ३५ (१) बमोजिम ताल्चाभडेल नेतृत्वको कार्य समिति खारेज गर्दै नया तदर्थ समिति गठन गरी पठाएको पत्र शनिबार जिल्लामा आईपुगेको छ ।
केन्द्रले सिन्धुपाल्चोकमा भरतकुमार बस्नेतको संयोजकत्मा १५ जनाको कार्यसमिति तोकेर पठाएको हो । सस्थाको विधान अनुसार हरेक ३ वर्षमा अधिवेशन गर्नुपर्ने उल्लेख छ । निश्चित कार्यकाल नाघेको २ वर्ष सम्म पनि रेडक्रसको चुनाव नगराएपछि केन्द्रले अधिकार प्रयोग गर्दै सभापतिबाट ताल्चाभडेललाई हटाएको हो । केन्द्रले गठन गरी पठाएको नया तदर्थ समितिले तत्काल रेडक्रसको नियमित काम गर्ने र निस्चीत अवधिभित्र अर्थात १ वर्षभित्र अधिवेसन गर्नुपर्ने केन्द्रले जनाएको छ ।
यसअघि नेपाल रेडक्रस सोसाईटी सिन्धुपाल्चोकले विभिन्न कारण देखाउदै अधिवेसन गर्न नसकिएको उल्लेख गर्दै केन्द्रमा पत्र पठाईदै आएको थियो । केन्द्रले गठन गरी पठाएको पुरानो कार्यसमितिका १३ जना हटेका छन् भने कोषाध्यक्ष अमिर बहादुर श्रेष्ठ, श्याम खड्का र अमृत खड्का गरी ३ जना नयाँ कार्यसमितिमा सदस्यका रुपमा अटेका छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!