आईतबार, असोज ३१, २०७८
गृहपृष्ठखेलकुदमालिकादेवी कप :सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्यो, उपाधि नजिकका लागि भाेलि खेल

मालिकादेवी कप :सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्यो, उपाधि नजिकका लागि भाेलि खेल


मेलचाैर । चौतारा साँगाचोकगढी नगरपालिका ७ मा जारी मालिकादेवी सेभेन ए साईड फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लागेको छ । आज भएको क्वाटरफाइनलका खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।
मेलचौर युवा जागरण समाजको आयोजनामा सञ्चालन भइरहेको प्रथम मालिकादेवी कप, सेभेन ए साइड फुटबल प्रतियोगितामा काभ्रे जुनियर ब्वाइज, सुनौलो विहानी अभियान, चौतारा साँगाचोकगढी नगरपालिका–६ र लि:ल फङ घले समाज सेमिफाइनलमा पुगेका छन् ।
काभ्रे जुनियरले मेलचौर युवा जागरण समाज ‘बी’लाई सडेन डेथमा १–० ले हराउँदै विजयी भएको हो । म्यान अफ दि म्याच काभ्रे जुनियर बोइजका गोल किपर सन्दिप लामा घोषित भए ।
त्यस्तै सुनौलो बिहानी अभियानले मेलचौर जागरण युवा क्लबलाई ३–१ ले पाखा लगायो । त्यसमा सुनौलोका मुस्कान श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए ।
तेस्रो क्वाटर फाइनल खेलमा चौतारा साँगाचोकगढी नढा नं. ६ ले साँगाचोक गुथ क्लबलाई हरायो । निर्धारित समयमा गोल नभएपछि ट्राइबेकरमा पनि ३–३ गोल भयो । त्यसमा सडेन डेथबाट पीपलडाँडा विजयी भयो । यो खेलमा पीपलडाँषका अनिश सापकोटा म्यान अफ दी म्याच भए ।
अन्तिम क्वाटर फाइनल खेल लिलफङ घले समाज र जल्किने युथ क्लवबिच सम्पन्न भएको छ। निर्धारित समयमा दुबै टोलीबाट गोल हुन नसक्दा खेल ट्राइबेकरमा गएको थियो । ट्राइबेकरमा लिलफङ घले समाज ४-३ गोल अन्तरले विजयी भएको थियो। म्यान अफ दि म्याच लिला फङ घले समाजका गोल रक्षक सुशान्त दुलाल घोषित भए।
भोलि सेमिफाइनलका दुवै खेल हुनेछ ।
सुनौलो बिहानी अभियान सँग लिलफङ घले समाज बिहान ८:३० बजे र काभ्रे जुनियर बोइज बीच चौतारा साँगाचोकगढी वडा नम्बर ६, पिपलडाँडा दिउसो २:३० बजे उपाधिका नजिकका लागि भिड्नेछन्।
मेलचौर युवा जागरण समाजको आयोजनामा भएको सेभेन ए साइड फुटवल प्रतियोगितामा प्रथम हुनेले ६० हजार नगद पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः ४० हजार र २० हजार नगद प्रदान गरिनेछ । विजयीहरुलाई नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : खेलकुद, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!