आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारकोरोनाका बिरामी चौतारामा मात्रै

कोरोनाका बिरामी चौतारामा मात्रै


चौतारा । सिन्धुपाल्चोकमा कोरोना संक्रमण (कोभिड १९)का विरामी अब चौतारामा मात्रै रहेका छन् । जिल्लाका १२ स्थानीय तहमध्ये चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै अहिले कोरोना संक्रमित रहेका हुन् ।
लिसंखुपाखरका एक संक्रमित आज डिस्चार्ज भएपछि संक्रमित हुने स्थानीय तहमा चौतारा साँगाचोकगढी नगरपालिका मात्रै हुन पुगेको हो ।
जिल्ला स्वास्थ्य कार्यालयकाअनुसार चौतारा साँगाचोकगढी नगरपालिकामा अहिले ९ जना सक्रिय कोरोना संक्रमित छन् । जसमध्ये १ महिला र ८ पुरुष छन् ।
कार्यालयको तथ्यांकअनुसार कोरोनाको दोस्रो लहरमा सिन्धुपाल्चोकमा दुई हजार एक सय ३६ महिला र दुई हजार ६ सय ३६ पुरुष संक्रमित भए । जसमा ११ महिला र २२ पुरुषको मृत्यु भएको तथ्यांक छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!