आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारकुविण्डेमा २५२ लाई निशुल्क स्वास्थ्य सेवा

कुविण्डेमा २५२ लाई निशुल्क स्वास्थ्य सेवा


कुविण्डे । चौतारा साङ्गाचोकगढी नगरपालिका–४ स्थित कुविण्डेमा दुई सय ५२ जनालाई निशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।
रोक्पा नेपाल बौद्धको आयोजना तथा मद्दत नेपालको सहयोगमा भएको निशुल्क स्वास्थ्य शिविरमा यस्तो सेवा प्रदान गरिएको हो । गाउँमै निशुल्क स्वास्थ्य जाँच र औषधि पाउँदा आफूलाई सहज भएको सेवाग्राही आत्मराम सुवेदीले बताए ।
वर्तमान कोभिड संकटलाई ख्याल राखी स्वास्थ्य सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाई स्वास्थ्य सेवा प्रदान गरिएको थियो । संयोजक नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि चन्द्र ढुंगानाले बुधबार कुबिन्डे स्वास्थ्य चौकी छापमा शिविर सञ्चालन गरिएकोमा सेवाग्राही खुशी भएको बताए ।
उनले कोभिडको महामारी भएकाले मास्क, स्यनिटाइजरको समुचित प्रयोग तथा सामाजिक दुरि अपनाइ सेवा स्थलमा सेवाग्राही उपस्थित भएका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!