आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारउद्योग बाणिज्य संघमा २५ सदस्यीय सल्लाहकार समिति मनोनित

उद्योग बाणिज्य संघमा २५ सदस्यीय सल्लाहकार समिति मनोनित


बाह्रविसे । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघले २५ सदस्यीय सल्लाहाकार समिति मनोनित गरेको छ । संघका पूर्व अध्यक्ष एवं उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठको नेतृत्वमा समिति मनोनयन गरेको हो । श्रेष्ठ सभापति रहने गरि समिति निर्माण गरिएको संघका महासचिव शम्भुबहादुर तिमल्सिनाले जानकारी दिए ।
संघले मनोनित गरेकाहरुको नाम घोषणा गर्दै प्रमाणपत्रसमेत हस्तान्तरण गरेको छ । सल्लाहकार समितिको सह सभापतिमा बुद्धराज बस्नेत रहेका छन् ।

उपसभापतिमा यादव दाहाल र होमनाथ तिमिल्सिना  रहेका छन् । त्यस्तै सचिवमा विनोद थापालाई मनोनित गरिएको छ ।

संघको नयाँ कार्यसमितिको २ भदौमा बसेको वैठकले २५ सदस्यीय सल्लाहाकार समिति मनोनित गर्ने निर्णय गरेको थियो ।

मनोनितहरुलाई संघद्वारा आयोजित दसैं तथा शुभ दिपावलीको अवससरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमाण पत्र प्रदान गरिएको हो । कार्यक्रममा संघका अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार), निवर्तमान अध्यक्ष वेदबहादुर श्रेष्ठ, पूर्व अध्यक्ष अर्थलाल श्रेष्ठ केन्द्रीय सदस्य कमलकुमार श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा मेलम्ची बाढीले क्षति पुर्याएको मेलम्ची बजार पुनर्निमाणका लागि संघले दुई लाख रुपैयाँ सहयोग समेत गरेको अध्यक्ष होमबहादुर बस्नेत (राजकुमार)ले जानकारी दिए । जनस्तरबाट उठाउन लागिएको मेलम्चीका लागि सो रकम सहयोग गरिएको हो । मेलम्ची पुनर्निमाण सरोकार समितिलाई रकम हस्तान्तरण गरिएको थियो । सो रकम समितिका संयोजक सागर श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

सल्लाहकार समितिका सदस्यहरु:

  • रामबाबु श्रेष्ठ
  • मोहन विक्रम कार्की
  • ध्रुव ठकुरी
  • कुवेर श्रेष्ठ
  • निलध्वज थापा
  • उत्तमराज भण्डारी
  • पदमबहादुर मगर
  • रविन रोक्का
  • रामकृष्ण बस्नेत
  • रामशरण बस्नेत
  • जनक दिप पराजुली
  • कमलबहादुर श्रेष्ठ
  • शेरबहादुर बस्नेत (बासु)
  • आकाश श्रेष्ठ
  • अभिषेक प्रधान
  • केशबहादुर तामाङ
  • रामशरण भण्डारी
  • सागर श्रेष्ठ
  • सानु तामाङ
  • उमेश सुवेदी

क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!