शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारआफ्नै घर अगाडि शव

आफ्नै घर अगाडि शव


मेलम्ची । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं. १० स्थित पुरानो फनपार्क भन्दा माथि सिम्ले फाँटमा मारेर गाडिएको अवस्थामा फेला परेका व्यक्तिको पहिचान भएको छ ।

स्थानीय वर्ष ५९ का  नेत्रप्रसाद दाहाललाई उनकै घर अगाडी मारेर  गाडिएको अवस्थामा फेला पारिएको डिएसपी दक्षकुमार बस्नेतले जानकारी दिए ।

सिम्ले फाँटमा रहेको दाहालको घर अगाडि खुट्टाको औँलाहरू बाहिरबाटै देखिएको अवस्थामा  गाडिएको अवस्थामा आज बिहान शव फेला पारिएको थियो । गाडीएको शव स्थानीय नेत्रप्रसाद दाहालको भएको र घटनाको थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले जानकारी दिए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!