आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारयौन धन्दा चलाउने सिन्धुपाल्चोककी बुढाथोकी पक्राउ

यौन धन्दा चलाउने सिन्धुपाल्चोककी बुढाथोकी पक्राउ


चौतारा । पाँच किशोरीलाई यौन धन्दामा लगाउने सिन्धुपाल्चोककी बुढाथोकी प्रहरी फन्दामा परेकी छिन् ।
यौन धन्दा चलाएको आरोपमा प्रहरीले सीता बुढाथोकीलाई पक्राउ गरेको हो । बुढाथोकीले मुलपानीको तिवारी टोलमा रहेको आफ्नै घरमा १५ देखि १७ वर्षका किशोरीहरुलाई ग्राहक बोलाएर यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।

काठमाडौंको मुलपानीबाट जबरजस्ती यौन धन्दामा लगाइएका पाँच किशोरीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले माइती नेपालसँगको समन्वयमा उद्दार गरेको छ । सोमबार किशोरीहरुलाई उद्दार गरिएको माइती नेपालका उप–निर्देशक अच्युत नेपालले जानकारी दिए ।
केन्द्रीय अनुसन्धान ब्यूरोले आरोपीलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी वृत्त बौद्धमा पठाएको छ । आरोपीमाथि मानव बेचबिखन मुद्दामा अनुसन्धान शुरु गरिएको बौद्धका डिएसपी ढुण्डीराज न्यौपानेले बताए । किशोरीहरुलाई माइती नेपालको संरक्षणमा राखिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!