शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचार२० लाख जरिवाना भएका बलेफीका सुजन पक्राउ

२० लाख जरिवाना भएका बलेफीका सुजन पक्राउ


काठमाडौँ । बैंकिङ कसुर मुद्धाका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । अदालतबाट २० लाख जरिवाना भएका सिन्ध्ुपाल्चोक बलेफी गाउँपालिका–७ का सुजन तामाङ पक्राउ परेका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि उनी फरार रहेका थिए । हाल काठमाण्डौंको महाराजगञ्ज बस्दै आइरहेका ३० वर्षीय तामाङलाई सोमबार पक्राउ गरी मंगलबार प्रहरीले सार्वजनिक गरेको हो ।
उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि उनी फरार रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!