आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारदसैं आएपछि मात्रै अनुगमन !

दसैं आएपछि मात्रै अनुगमन !


चौतारा । आज (शुक्रबार) सिन्धुपाल्चोकको प्रमुख व्यापारिक बजार मेलम्ची र सदरमुकाम चौतारामा बजार अनुगमन गरिएको छ ।
सिन्धुपाल्चोक मेलम्ची नगरपालिकासहितका निकायले दशै तिहार लछित गर्दै शुक्रबार बिहानदेखि मेलम्ची बजार अनुगमन गरिएको हो । त्यस्तै चौतारामा पनि अनुगमन भएको छ । चौतारामा जिल्ला अनुगमन समिति बजारमा अनुगमन गरेको थियो ।
करिब वर्षदिनपछि बजारमा अनुगमन भएको एक व्यापारीले बताए । ‘अरु बेलामा आएको थाहा छैन,’ चौताराका व्यापारी कुमार श्रेष्ठ भन्छने, ‘यो चाडपर्व लक्षित मात्रै भयो ।’
मिति सकिएका सामाग्रीहरु नष्ट गर्दै अनुगमन गरिएको दावी छ । नेपलिहरुको महान चाड दसैँ, तिहार नजिकिदै गर्दा मुख्य बजारहरु अनुगमनमा चासो बढाए पनि गाउँ गाउँमा अझै हुन सकेको छैन । ‘बजारमा म्याद गुज्रेका सामग्री गाउँमा पुग्ने गरिएको पाइएको छ,’ उपभोक्ताको आवाज छ, ‘अझै चाडपर्व आएपछि अनुगमन हुने डरले बजारको सामान गाउँमा लगिन्छ ।’ गाउँमा अनुगमन नहुने र उपभोक्ताले पनि म्याद नहेर्ने गरेकाले यस्तो हुने गरेको उपभोत्ताहरुके भनाई छ ।
अनुगमनमा अनुगमन समितिसँगै सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, पत्रकार तथा नगरपालिका प्रतिनिधि सहभागी छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!