शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारचौतारा र कुविण्डेमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै

चौतारा र कुविण्डेमा नि:शुल्क स्वास्थ्य शिविर हुँदै


चौतारा ।
मद्दत नेपालको सहयोगमा सिन्धुपाल्चोक जिल्लाको चौतारा साङ्गाचोकगढी नगरपालिकाका दुई वडामा निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिका अन्तर्गत वडा न. ४ कुविण्डे र ५ स्थित चौतारामा शिविर हुन लागेको हो ।
वर्तमान कोभिड संकटलाई ख्याल राखी स्वास्थ्य सेवाग्राहीहरुले स्वास्थ्य सुरक्षा सतर्कताका उपाय अपनाई स्वास्थ्य सेवा लिन आयोजकले अनुरोध गरेको छ । संयोजक नेपाली कांग्रेसका सचिव झलक नेपालले असोज १९ (मंगलबार) चौतारा स्थित गैरीगाउमा र बुधबार कुबिन्डे स्वास्थ्य चौकी छापमा शिविर सञ्चालन गरिने जानकारी दिए । उनकाअनुसार चौतारामा विहान १० बजेबाट ४ बजेसम्म र कुविण्डेमा बिहान ८ बजे देखि ३ बजे सम्म शिविरको आयोजना गरिनेछ ।
उनले कोभिडको महामारी भएकाले मास्क, स्यनिटाइजरको समुचित प्रयोग तथा सामाजिक दुरि अपनाइ सेवा स्थलमा उपस्थित भएर सहयोग गरिदिनुहुन अनुरोधसमेत गरेका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!