आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारप्रहरी दिवसको अवसरमा रक्तदान

प्रहरी दिवसको अवसरमा रक्तदान


हेटौंडा । ६६ औं प्रहरी दिवस २०७८ को सु-अवसरमा आज यस कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो । बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

नेपाल प्रहरी स्थापनाको सु-अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय भएको छ । यहि असोज २० गते “६६ औं प्रहरी दिवस २०७८” मनाईने छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!