शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारबिर्सिदैं विपत्ति, मेलम्चीमा चहलपहल बढ्दै

बिर्सिदैं विपत्ति, मेलम्चीमा चहलपहल बढ्दै


मेलम्ची । गएको असार १ र साउन १७ को विकराल बाढी भोगेका मेलम्चीवासी विस्तारै लयमा फर्किदैं छन् । विपत्तिको मार खेपेको मेलम्ची बजार बिस्तारै पुरानो लयमा फर्कन थालेको हो ।
बाढीले पुरेको घर टहरा सफा गर्न स्थानीय जुटेका छन् । कतिपय स्थानीयहरु घर सफा गरेर बस्न थालिसकेका छन्. । अहिले मेलम्ची बजारको तल्लो बजारमा बिस्तारै चहलपहल हुन थालेको छ । बाढीबाट घर, खेत, व्यावसाय, रोजगार गुमाएका यहाँका स्थानीय अहिले पर्व नजिकिएँसगै चहलपहल भएको बताउँछन् ।
मेलम्ची बाढी पीडित सरोकार समितिले बाढी आए लगत्तै बस्ती जोगाउन काम थाले सगै स्थानीयहरु बजार बस्ती जोगाउन र बजारलाई पुरानै अबस्थामा फर्काउन जुटेका हुन। अहिले स्थानीयले बचेको घर टहरालाई मर्मत गर्दै आएका छ्न, पुर्खौली बस्ती छोडेर अन्यत्र जान नसकेपछि स्थानीय मर्मत सम्भार लागेका हुन् ।
मेलम्ची बाढीले बजारमा पुरिएको घर सफा गर्ने र रङरोगन गर्न स्थानीय जुटेका छन् । मेलम्ची बजार लाई पुरानै लयमा फर्काएर सुन्दर मेलम्ची बनाउन आफूहरु लागि परेको स्थानीय रञ्जित श्रेष्ठ बताउँछन् । ‘विपत्ति खेपियो तर यसले केही पाठ पनि सिकाएको छ, हामीले मेलम्चीलाई अस्तब्यद्त हुन दिदैनौ,’ बजारको सुन्दर दृश्य पÞmेरि देखिने छ स्थानीय रन्जित श्रेष्ठले भने । यो भन्दा धेरै सुन्दर मेलम्ची बाउन लागि परेको श्रेष्ठले बताए ।
बाढीको मारमा परेको मेलम्ची बजार बिस्तारै उठ्न थालेको छ । स्थानीय सरकारले सहयोग नगरे पनि स्थानीय जुटेकै कारण मेलम्ची बजार पुरो अबस्थामा आउने स्थानीय गजेन्द्र श्रेष्ठले सुनाए । बाजे पुर्खा देखि बसेको बस्तिलाइ थप सुन्दर बनाउन याहाका स्थानीय लागि परेको पीडित श्रेष्ठले बताए । स्थानीय सरकारले सहयोग गरेको छैन । तर पनि हिम्मत नहारी बस्ती जोगाउन लागि परेको श्रेष्ठले बताए ।
बाढी आएपछि तिनै तहका सरकारले मेलम्ची पीडितलाई हेरेनन, स्थानीय तह, प्रदेश र संघिय सरकारको बेवास्ता पछि स्थानीय जुटेर अहिले बस्तीलाई तंग्राइएको हो । साथीहरूसगको अपिल र सहयोगले हामीले बस्ती बनाएको सरकारले कुनै खालको सहयोग नगरे मेलम्ची बाढी पीडित सरोकार समितिका सयोजक सागर श्रेष्ठले बताए । अझै पनि हामीलाई साथीहरूको सहयोग छ तर सरकारले भने, केही सहयोग नगरेको श्रेष्ठको आरोप छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!