आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारज्येष्ठ नागरिकसँग गरियो जमघट

ज्येष्ठ नागरिकसँग गरियो जमघट


चौतारा । सिन्धुपाल्चोकका जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुखलगायतले ज्येष्ठ नागरिकसँग आफ्नो अनुभव साटेका छन् । अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवशको अवसरमा आयोजित एक कार्यक्रममा उनीहरुले ज्येष्ठ नागरिकहरुसँग जमघट गरेका हुन् ।
कार्यक्रममा अधिकाशं वक्ताहरुले जेष्ठ नागरिकले आफ्नो जीवनकालमा संगालेका ज्ञान, सीप र अनुभवनयाँ पुस्ताको लागि मार्गदर्शन हुने भएकाले सरकारले उनीहरुको संरक्षणमा चासो राख्नुपर्नेमा जोड दिएका थिए ।
चौतारा बृद्धाश्रम सेवा समितिको आयोजनामा गरिएको सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधिहरु, बुद्धिजीवि, सहयोगदाताहरुको सहभागिता थियो ।
कार्यक्रमको अवसरमार बृद्धाश्रम सञ्चालन गर्न सघाउ पुर्याउने व्यक्ति, संघसंस्थालाई कदरपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमापुहँच पुर्याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर यो दिवस मनाईन्छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!