आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारहेलिकोप्टर चार्टरको विकल्प छैन बिरामीलाई

हेलिकोप्टर चार्टरको विकल्प छैन बिरामीलाई


मेलम्ची । ‘बिरामी छटपटिएर मर्न लागे, कसरी हुन्छ बचाउनु पर्यो अध्यक्षज्यू’–हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पालाई समय समयमा आउने फोनमा दोहोरिरहने वाक्य हो यो ।
जनताले उपचार नपाएरै ज्यान गुमाउलान् भन्ने चिन्ताले अध्यक्ष शेर्पा हेलिकोप्टरको जोहो गर्न थाल्छन् । किनकि हेलम्बुमा सडक सञ्जाल विच्छेद भएकाले हेलिकोप्टरको विकल्प छैन ।

हेलम्बुकी स्थानीय विवि तामाङ बिरामी परेमा कि हेलिकप्टर चड्नुपर्ने कि त छटपटिएर मर्नुपर्ने बाध्यता रहेको बताउँछिन् । ‘बाटो छैन, हेलिकोप्टरमा खर्च गर्न नसक्नेले अकालमै गुमान गुमाउने अवस्था छ ।’ उनले भनिन् ।
सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरी थाङपाल गाउँपालिकाका स्थानीयले बिरामी हँुदा हेलिकप्टरको भर पर्नु पर्ने बाध्यता भएको हो । गत असार १ र साउन १६ गते मेलम्ची खोलामा आएको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्चीबाट हेलम्बु र पाँचपोखरी गाउँपालिका जोड्ने सडक राम्रो सगँ सुचारु हुन नसक्दा हेलिकप्टरकै भर पर्नु पर्ने बाध्यता छ ।

बाढीले सडक बगाएपछि हेलम्बु क्षेत्रका मेलम्चीघ्याङ, नाकोते, तिम्बु, तार्केघ्याङ, शेर्माथाङ, इचोक, किउल र मंहाकाल र पाँचपोखरी थाङपाल गाउँपालिकाका बिभिन्न ठाउँका स्थानीय मर्कामा परेका छन् । सडक यातायात सम्पर्क बिच्छेद हुदाँ जटिल अवस्थाका बिरामीलाई हेलिकोप्टर चार्टर्ड गरेर अस्पताल पु¥याउने गरिएको छ ।
हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेनले हालसम्म धेरै नै हवाई सेवा प्राप्त गरेको जानकारी दिए ।

‘कच्ची सडक त्यस माथि वर्षायाममा बाढीले सडक क्षतविच्छेद बनाएपछि बिरामीलाई लैजान कठिन हुने भएकाले यस ठाउँका जनताले हेलिकोप्टरकै भर पर्नुपर्ने हुन्छ,’ अध्यक्ष शेर्पाले भने, ‘हाम्रो बिरामी छटपटिएर मर्न लागे कसरी हुन्छ बचाउनु पर्यो भनेर फोन आउँछ, कसरी हुन्छ आफ्ना जनतालाई बचाउनको लागीे अहिले हेलिकप्टरबाट उद्धार गरिरहेको छु ।’ स्थानीय तहको सहयोगमा स्वास्थ्य जोखिम भएकालाई केही सहजता भएको अध्यक्ष शेर्पाले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!