शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारत्रिशूलीमा कार खस्योः तीन बेपत्ता, एक घाइते

त्रिशूलीमा कार खस्योः तीन बेपत्ता, एक घाइते


चितवन, असोज ८ । बाग्मती प्रदेश अन्तर्गत् चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दी खोलास्थित त्रिशुली नदीमा कार खसेको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार तिव्र गतिका कारण अनियन्त्रीत भई सडकबाट अन्दाजी ३५ मिटर तल त्रिसुली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन प्रहरीका प्रवक्ता सूर्य थापाले घटनालगत्तै प्रहरी दुर्घटना स्थल पुगेको र कारको खोजी भईरहेको जनाएको छ । अझैसम्म कार फेला परेको छैन । कारमा सवार मध्ये एक जना घाइते भएका छन् भने कारमा रहेका अरु ३ जना बेपत्ता छन् ।

चितवन प्रहरीका अनुसार कारमा सवार कास्कीको पोखरा–१७ वस्ने बर्ष ४६ का रुद्रलाल सुवेदीलाई घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएको छ ।

कार चालक पोखरा–१७ वस्ने बर्ष ६० का प्रेम बहादुर भुजेल, कारमा सवार सोही स्थानका ५६ वर्षीय लेख बहादुर भुजेल, उनकी श्रीमती वर्ष ३६ की ईश्वरी भुजेल बेपत्ता भएको प्रवक्ता थापाले जानकारी दिएका छन् । गएराति ११ः४५ बजे कार अनियन्त्रित भई सडकबाट झण्डै ३५ मिटर तल नदीमा खसेको हो ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!