आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारदशैंका लागि खसीबोका र च्याङग्रा खोज्न सुरुः बागमती प्रदेश मासुमा आत्मनिर्भर

दशैंका लागि खसीबोका र च्याङग्रा खोज्न सुरुः बागमती प्रदेश मासुमा आत्मनिर्भर


असोज ७ । आसन्न दशैं तथा तिहार लगाएतका चाड पर्वका लागि नेपाल खाद्य संस्थान संगै चौपाया व्यवसायीले खसीबोका र भेडा च्याङ्ग्रा खोज्न थालेका छन् । सरकार र व्यापारीको विश्लेषण अनुसार, यो वर्ष जनजीवन सामान्य लयमा फर्किएकाले दशैंमा काठमाडौ उपत्यकामा मात्रै, ५० हजार वटा खसी बोका खपत हुने पशुसेवा विभागको अनुमान छ ।

यसका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुई हजार वटा खसीबोका झर्ने तयारी गरेको छ भने बांकी ४८ हजार भन्दा बढी चौपाय व्यवसायीले ल्याउने छन् । पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार, खसीबोका बिक्रेता र उत्पादकले यो वर्षको दसैँमा ५० हजारभन्दा बढी खसीबोका काठमाडौ मै खपत हुने विवरण दिएका छन् ।

स्थानीय बजारको माग विश्लेषण गरेर आवाश्यक मासु व्यवस्थापन गर्न विभागले नेपाल व्यावसायिक बाख्रा पालक महासंघ, चौपाया खरिद बिक्री सेवा संघ, बाख्रा पालन महिला सहकारी लगायतका संस्थासँग छलफल गरिसकेको छ ।

छलफलमा सहभागी बाख्रा पालक महासंघ र बाख्रा पालन महिला सहकारीका प्रतिनिधिले दसैँका लागि आवाश्यक चौपाया स्थानीय उत्पादनले नै थेग्ने विवरण दिएका छन् ।

त्यसमा पनि सबैभन्दा धेरै खसीबोकाको उत्पादन वाग्मति प्रदेशमा भइरहेको छ । व्यवसायीको दावी अनुसार बाग्मती प्रदेश चाड पर्वमा हुने अत्याधीक माग धान्न सक्ने अवस्थामा छ ।

बागमती प्रदेशमा १४ हजार खसी बोका हरेक महिना खानयोग्य हुने गरेको छ भने, सुदूरपश्चिममा ४ हजार, लुम्बिनी र कर्णालीमा २५-२५ सय, प्रदेश १ र २ प्रदेशमा सम्मान २-२ हजार खसीबोका तथा बाख्रा दशैंको समयमा उपभोगयोग्य बन्ने छन् ।

यो तथ्यांक हेर्दा नेपालमा प्रत्येक वर्ष उत्पादन हुने १ करोड २८ लाख खसी बोका र बाख्रा मध्ये ४५ लाख खसीबोका मासुका लागि योग्य हुन्छन् । खपत र उत्पादनका हिसावले वाग्मती प्रदेश मासुमा आत्म निर्भर छ ।

बाग्मती प्रदेशको काठमाडौँ उपत्यकामा मात्र दैनिक १२ सय वटा खसीबोका मासुका काट्ने गरेकोमा दशैंको ४ दिनमा थप ५० हजार खसीबोका खपत हुनेछ । नेपाल व्यवसायी बाख्रा पालक महासंघले दसैँको समयमा देशभर छरिएका उत्पादन स्थानीय बजारमा आउने भएकाले बजारको माग धान्न नेपाल कै उत्पादन पर्याप्त हुने छ ।

यस वर्षको दसैँमा मासु कति मुल्यमा कारोवार हुन्छ भन्ने अझै यकीन छैन । तर पनि अहिलेको प्रचलीत् बजार मुल्य अनुसार, काठमाडौँ उपत्यकामा मात्र १२ लाख ५० हजार किलो खसी बोका औसत ८१ करोड २५ लाख रुपैंमा विक्रि हुने अवस्था छ ।

यो मासु बजारमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको पनि भुमिका रहने छ । कम्पनीले यस वर्षको दसैँमा दुई हजार वटा खसीबोका र एक हजार च्याङ्ग्रा किन्दैछ । घटस्थापनाको आसपासमा खसीबोका र च्याङग्रा आएपछि कम्पनीले मासुको मूल्य तोक्ने छ ।

अहिले तातोपानी भन्सार तथा केरुङ नाकाबाट निर्वाद रुपमा भेडा च्याङग्रा ल्याउने अवस्था नरहेकाले चौपाया व्यासयी समेत नेपाल कै उच्च हिमाली भेगमा भेडा च्याङ्ग्रा संकलनमा जुटीसकेका छन् । चीनको तिव्वतबाट कति चौपाया भित्रन्छन् भन्ने यकीन छैन भने भारततर्फबाट जिउंदा चौपाया भित्रन नदिने सरकारको नीति यथावत छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!