शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारमेलम्ची आयोजना पुनर्निर्माण सुरुः ६ महिना भित्रै पानी काठमाडौ ल्याउने लक्ष्य

मेलम्ची आयोजना पुनर्निर्माण सुरुः ६ महिना भित्रै पानी काठमाडौ ल्याउने लक्ष्य


सिन्धुपाल्चोक । सरकारले असार १ गते आएको विनासकारी बाढी तथा पहिरोबाट क्षतिग्रस्त राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना पुनर्निर्माण थाल्न एक अर्ब रुपियाँ उपलब्ध गराएको छ ।

बाढी र पहिरोले मुहान क्षेत्र तहश नहश बनाएको भएपनि सरकारले आवाश्यक रकम जुटाउने प्रतिवद्धता जनाएकाले सम्बद्ध निकायसँग छलफल गरेर आयोजनाको काम अगाडि बढाउन थालेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले पुष्टि गरेका छन् ।

सरकारले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको व्यवस्था मिलाउने गरी आयोजना पुनर्निर्माणलाई अगाडि बढाउन समितिलाई निर्देशन सहित तत्कालका लागि एक अर्ब रुपियाँ उपलब्ध गराई सकेको छ ।


समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार, यसअघि नै मेलम्ची खानेपानी विकास समितिले आगामी चैतबाट अस्थायी रूपमा काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्न सकिने आधार सहितको कार्ययोजना सरकारलाई बुझाई सकेको छ ।

समितिले मेलम्चीको पुनर्निर्माण गरी पानी वितरण थाल्न दुई अर्ब रुपियाँ माग गरेकोमा सरकारले कार्ययोजना अनुसार नै तत्कालका लागि एक अर्व निकासा गरेको हो ।
प्रवक्ता पन्तले यसै वर्षको चैतसम्म अस्थायी रूपमा भए पनि मेलम्चीको पानी पुनः काठमाडौँ उपत्यकामा वितरण गर्ने गरी तयारी भइरहेको दावी गरेका छन् ।

मनसुन निश्क्रिय भएसंगै आयोजना पुनर्निर्माणको काम सुरु गरिने र मुहान क्षेत्रको भौगर्भिक अवस्थाको समेत विस्तृत अध्यन गरिने पन्तले प्रष्ट पारे । पन्तका अनुसार, मेलम्चीमा बाढी पहिरोको जोखिम कायमै रहेकाले तत्काल काम सुरु भएको छैन तर पनि आयोजनाको मुहानसम्म पुग्ने वैकल्पिक सडक निर्माणको काम अघि बढेको छ ।

सडक तयार हुन एक महिना लाग्ने र त्यस पछि आयोजना स्थलको काम सुरु हुने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ । आयोजनाको मुख्य सुरुङ पूर्ण रूपमा सुरक्षित रहेकाले पानी काठमाडौँ ल्याउन तत्काल दुई वटा अस्थायी सुरुङ र हेड वक्र्सको मर्मत तथा पुल निर्माण जरुरि छ ।

आयोजना स्थल पुग्ने मुख्य प्रवेश मार्गका तीन वटा र अम्बाथान क्षेत्रका पाँचवटा पुल बाढीले लगेको छ । पहुंच मार्ग बनेपछि संभावित जोखीम विश्लेषण गरेर, ‘अडिट टनेल’ र ‘डाइभर्सन टनेल’ सफा गरिने मेलम्ची खानेपानी विकास समितिले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!