शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकका ४ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषण

सिन्धुपाल्चोकका ४ जनालाई विभिन्न मानपदवी, अलंकार र विभूषण


सिन्धुपाल्चोक । संविधान सभाबाट संविधान जारी भएको ऐतीहासीक दिनको सम्मानमा नेपाल सरकारले प्रदान गर्ने विभिन्न मान पदवी तथा पदकबाट यो वर्ष सिन्धुपाल्चोकका ४ जना अग्रज सम्मानीत भएका छन् । जसमा वरिष्ठ पत्रकार एवं सूचनाको हकका अभियान्ता तारानाथ दाहाल सुप्रवल जनसेवा श्रीबाट विभुषीत भएका छन् ।

मन्त्रिपरिषद्को २०७८ भदौ २९ गतेको सिफारिस अनुसार सरकारले संविधान दिवसका दिन ९०३ जनालाई प्रदान गरेको मानपदवी, अलंकार र विभूषण पाउने अग्रज व्यक्तिमा नेपाली कांग्रेस धुस्कुनका संस्थापक एवं लोकतान्त्रीक अपाङ संघ नेपालका केन्द्रिय सभापति भोजराज श्रेष्ठ पनि रहेका छन् ।

सरकारले सामाजिक अभियान्ता श्रेष्ठलाई जनसेवा श्री सम्मान प्रदान गरेको छ । यस्तै सिन्धुपाल्चोकका सामाजिक अभियान्ता तथा व्यवसायी राम शरण भण्डारी सुप्रवल जनसेवा श्री बाट बिभुषीत भएका छन् । काठमाडौमा कर्मथलो बनाई रहेका सिन्धुपाल्चोकका पत्रकार विष्णु क्षेत्री जनसेवा श्री पदक बाट विभुषीत भएका छन् ।

यो वर्ष सरकारले सरकारले सबैभन्दा ठूलो विभूषण नेपाल रत्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई दिने निर्णय गरेको छ । भने दोस्रो ठूलो राष्ट्र गौरव मन्त्रिपरिषदका पूर्वअध्यक्ष सुवर्ण शमसेर र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई दिने निर्णय सरकारले गरेको छ ।

यसैगरी महाउज्जवल राष्ट्रद्वीप प्रधानन्याधीश चोलेन्द्र शमसेर जबरा, तुलसीलाल अमात्य, मंगलादेवी सिंह, मोहनचन्द्र अधिकारी, दुर्गानन्द झा र नारायण गोपाललाई दिने निर्णय भएको छ ।

सुप्रसिद्ध प्रबल जनसेवा प्रदीप नेपाल, पोष्टबहादुर बोगटी, मार्शल जुलुम शाक्य र पीएल सिंहलाई तथा उज्जवल कीर्तिमय राष्ट्रद्वीप न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठलाई दिने निर्णय सरकारले गरेको छ । संविाधन दिवसका दिन सरकारको घोषणा गरेको मानपदवी, अलंकार र विभूषण राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष समारोहमा प्रदान गर्ने परम्परा रहेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!