आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारवन्यजन्तुलाई थापेको धरापमा एकै परिवारको ३ जनाको मृत्यु

वन्यजन्तुलाई थापेको धरापमा एकै परिवारको ३ जनाको मृत्यु


बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बन्यजन्तुलाई थापेको धरापमा परि एकै परिवारका ३ जनाको ज्यान गएको छ । राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बाहिर र कोपिला सामुदायिक वनको सिमा नजिकैमा धरापमा परी तीन जनाको मृत्यु भएको हो ।

ठाकुरबाबा नगरपालिका – ३ गोदानास्थित राजबहादुर शाहीको धान खेतमा थापिएको विद्युतिय धरापमा एकै परिवारका तीन जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार ठाकुर बाबा नगरपालिका– ३ का ३५ वर्षीय बालकृष्ण थारु, उनकी श्रीमती ३० वर्षीया सुनिता थारु, ४५ वर्षीया भाउजु बेलमती थारुको मृत्यु भएको हो । बालीनाली जोगाउन धराप थाप्ने शाहीलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनले वन्यजन्तुको लागि धराप थापेको स्विकारेको र मृतकहरुको शव पोष्टमार्टमका लागि बर्दिया अस्पताल पठाइएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले जानकारी दिएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र बाहिर र कोपिला सामुदायिक वनको सिमा नजिकै केही दिनदेखि जंगली हात्ती ओहोर दोहोर गरेको भन्दै स्थानीयले विद्युतीय धराप थापेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाली नालीको क्षतीको क्षतीपूर्ति दिने व्यवस्था राज्यले गरेकोले वन्यजन्तुलाई धराप थाप्न नपाइने डिभिजन वन कार्यालय बर्दियाले प्रस्ट पारेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!