शुक्रबार, कात्तिक ५, २०७८
गृहपृष्ठसमाचारसिन्धुपाल्चोकमा पुनर्निर्माण सक्ने जिम्मा रामेछापलाई

सिन्धुपाल्चोकमा पुनर्निर्माण सक्ने जिम्मा रामेछापलाई


चौतारा । सिन्धुपाल्चोकमा बाँकी रहेको भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्ने जिम्मा रामेछापलाई दिइएको छ ।जिल्ला आयोजाना कार्यान्वयन ईकाई(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) सिन्धुपाल्चोकले गर्दै आएको भूकम्पपछिको पुनर्निर्माणको काम अब रामेछापबाट हुने भएको हो ।
जिल्ला आयोजाना कार्यान्वयन इकाई(आवास तथा भवन) रामेछापको कार्यालयले अब सिन्धुपाल्चोक पनि हेर्नेछ ।
जिमालीका आयोजना प्रमुख भरतप्रसाद आचार्यले आवास तथा भवन ईकाईका जिल्ला आयोजना प्रमुख टंकप्रसाद गौतमलाई कार्यालयमा रहेको भौतिक (जिन्सी) सामग्रीहरु हस्तान्तरण गरेका छन् ।
२०७२ बैशाख १२ गते गएको बिनासकारी भूकम्पले क्षती पुर्याएको नीजी आवास तथा सार्वजनिक सम्पदाको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गर्दै आएको थियो । प्राधिकरणले सम्पन्न गर्न बाँकी काम सम्बन्धित निकायलाई नै हस्तान्तरण गर्ने निर्णय गरेसंगै यो प्रकृयामा गएको हो ।
जिल्लामा हालसम्म पटक पटक गरि कायम भएका पुनर्निर्माण र प्रवलीकरण गरि ९१ हजार ५४ जना लाभग्राही छन् । जिमालीको तथ्यांकअनुसार सो मध्ये प्रथम किस्ता ८९ हजार ५५ जना, दोस्रो किस्ता ८६ हजार ९ सय ९० र तेस्रो किस्ता ८२ हजार ७ सय ३९ जनाले लिएका छन् । अझै ८ हजार ३ सय १५ जनाले अन्तिम किस्तावापतको रकम लिन बाँकी रहेको जिमालीले जनाएको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!