शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारबाढीले छोडायो थातथलो

बाढीले छोडायो थातथलो


चौतारा । हेलम्बुको शिर भेमेथाङ्ग चौर सोहोरिएर आएको कालो लेदो मिसिएको मेलम्ची बाढीले संयौ घर नदिमा विलय गरायो । खेतीयोग्य जमिन बगरमा परिणत भयो ।
कतिका आफन्त बगे । कति अझै वेपत्ता छन् ।
आफन्त, परिवार घर अनि खेतबारी बगाएपछि बचेका गाउँवासी पुरानो थलोमा बस्न मनले नदिएपछि गाउँ छाडेका छन् ।

घरबारी सर्वस्व बगर तुल्यायो, पैदल बाटो समेत् राखेन्, न रह्यो बास न गास । त्यसयता बाढीपहिरो थामिने जनजीवन सुधारिने आसमा हेलम्बु मेलम्चीका बाढीपीडितले दुई महिना छिमेकीकै घर र टेण्ड पालमा आश्रय लिएर दैनिकी गुजारे । स्थानीय सरकार, नेताहरुको आशामा महिनौको सुकुम्बासी जीवनपछि बाढप्पीडित निरासिए अ नि थातथलो छाड्न बाध्य भए ।
हेलम्बु गाउँपालिका वडा ४ ग्याल्थुमका ५० वर्षे शिव लामिछाने परिवारसहित बचेखुचेका सामाग्री लिएर काठमाण्डौ झरे । ‘खेतबारी मेलम्ची बाढीले बगर बनाइदियो , न बस्ने घर न खान गास अब यहाँ बस्न मन नै लागेन, बरु काठमाण्डौ गरेर दुखजेलोमा बाचिन्छ,’ लामिछानेले भने । बाढीको उद्गमस्थल हेलम्बु गापाको सेमिसिदाङ हिमालको काख भेमेथाङ्ग चौरको अध्ययनपछि विज्ञले अझै भेलबाढी आउन सक्ने बताएयता दिनरात जागा बसेका उनले राजधानीमा जोरजाम मिलाएको सुनाए ।

बाढीअघि पर्यटकीय ह्योल्मोभुमीको रुपमा चिनिने हेलम्बु गापाको अधिकाशं वडाभेगका किउल ,ग्याल्थुम ,पाल्चोक, हेलम्बु र मेलम्ची नगरको नदी किनारमा समथर आर्कषक जमिन थिए । पर्यटकी हेलम्बु र मेलम्चीको मेलम्ची तटभेगभर मस्यफार्म , फैलिएका व्यवसायिक कृषि खेती, त्यहाँ बस्दा स्थानीय आफुलाई समृद्ध भएको अनुभव गथ्र्ये । तर हेलम्बुमा एकबाहेक हेलम्बु र मेलम्ची तटभेगमा मस्यफार्म छैनन् , समथर जमिन कालो लेदो र बालुवाले पुरिए । प्रहरीको तंथ्याकअनुरुप बाढीमा हेलम्बु गापा र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीसहित गरी पाँचले ज्यान गुमाए , भने २० जना अझै बेपत्ता छन् ।

बाढीबीच बिरामी परेका श्रीमानसगै कुम्लो बोकेर काठमाण्डौ पसिन्, गाउपालिका वडा ७ चनौटेकी ३२ वर्षिया सुभद्रा रुपाखेती । उनलाईलाई अब फेरि गाउँ फर्कन मन छैन । ‘यहा त बगर मात्रै छ, काठमाण्डौ गए केही आफन्त छन्, दुःख गरिन्छ बिर्सिइन्छ पनि,’उनले भनिन् ।
बाढीले विनास गरेका तटभेगका सर्वस्व गुमाएका बाढीपीडितले धमाधम थातथलो छाड्न बाध्य देखिएका छन् । हेलम्बु गापाले संघसंस्थाको सहयोगमा अस्थायी घर बनाइरहेको थाहा पाएपछि केही आशावादी देखिएकी उनले घरबाट केही जोर कपडाबाहेक केही निकाल्न नसकेको दुखेसो गरिन् । हेलम्बुका पहिचान गरिएका सुकुम्बासी दुई सय २७ बाढीपीडित स्थानीय सरकारको र दाता संस्थाले उपलब्ध गराएको टेण्ड पाल,अस्थायी आवासमा छन् । भने ,मेलम्ची नगरभरका एकसय ८० बाढीपीडित आश्रयस्थल सामुदायिक विधालयबाट निस्किएपछि डेरामा बसिरहेका छन् । हेलम्बु र मेलम्ची नगरका अधिकाशं काठमाण्डौ, काभ्रे जस्ता विभिन्न स्थानमा बसाइ सर्ने तयारीमा अअmै छन् ।

बाढीपछि बसाइ सराइले हेलम्बु गापाको माख्लो चालिसे गाउ, किउल, गणेशे बगर ,चनौटे र मेलम्ची नगरको फट्टे, सिमखेत ,नहरे खोलाका बस्ती खण्डहरमा परिणत भएका छन् । बाढीबाट हेलम्बु ,पाचपोखरी थाङपाल गापा र मेलम्ची नगरभर गरी एक हजार पाच सय परिवार घरबारविहिन भएका थिए । जिल्ला विपद व्यवस्थापन समितिको तंथ्याकअनुसार बाढीलगत्तै करिब सात सय विस्थापीत परिवार काभ्रेको बनेपा, काठमाण्डौको ललितपुर ,भक्तपुरजस्ता विभिन्न स्थानमा डेरा लिएर बसिरहेका छन् । हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पा र मेलम्ची नगरका मेयर डम्बर अर्यालले बाढीभेगबाट अन्यत्र बसाइ सरेका घरबारविहिन विस्थापीतलाई पुनस्थापना गराउन हरसंम्भव जुटिरहेको बताउदैआएका छन् ।

हेलम्बुभर कतै पनि आश्रयस्थल नभएका भनेर पहिचान गरिएका दुई सय २७ विस्थापीत परिवारको लागि अस्थायी संघसंस्थाको सहयोगमा धमाधम अस्थायी आवास बनाइदैछ । गाउपालिकाको मापदण्ड र डिजाइनमा सुरुवाती चरणमा ७९ वटा घर बनाइने हेलम्बु गापाका अध्यक्ष शेर्पाले बताए । त्यसैगरी मेलम्ची नगरले आवास पूर्ण क्षति ३० हजार र खोलाछेउ जोखिममा रहेकालाई २० हजार दिने नगरले निर्णय गरेको छ । ‘पूर्ण क्षति पुगेका व्यवासायीलाई १५ हजार र जोखिममा रहेकालाई १० हजार उपलब्ध गराउनेछ, मेयर अर्यालले भने । बाढीपीडितमा दिर्घरोगी ,प्रसुतीलाई प्राथामिकतामा राखेर राहत साढे ७ हजार बराबरको प्याकेज दिइरहेको र सम्पूर्ण अवस्थाबारे अपडेट राखेको उनले दाबी गरे ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!