शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारस्व. कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित पर्यटकीय पार्कको उद्घाटन

स्व. कञ्चन प्रियदर्शीको सम्झनामा निर्मित पर्यटकीय पार्कको उद्घाटन


पीपलडाँडा ।
चौतारा सांगाचोकगढी नगरपालिकाको ६ नम्बर वडा पीपलडाडाँमा स्वर्गिय कञ्चन प्रियदर्शीको शालिक अनावरण तथा शहीद स्मृति पर्यटकीय पार्कको उद्घाटन गरिएको छ । १५ लाखको लगानीमा निर्माण भएको शालिक तथा पार्कको बाग्मती प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री युवराज दुलालले उद्घाटन गरे ।
साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको सम्मान एव सम्झनामा कञ्चन स्मृति पर्यटकीय पार्क तथा शहिद प्रियदर्शीको प्रतिमा निर्माण गरिएको कञ्चन स्मृति साहित्य प्रतिष्ठानले जनाएको छ । साहित्यकार तथा पत्रकार कञ्चन प्रियदर्शीको २०५९ साल बैशाख १६ गते सिन्धुपाल्चोकको जलविरेमा सशस्त्र युद्धको क्रममा तत्कालीन राज्यपक्षबाट हत्या भएको थियो ।
उद्रघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद दुलालले दशकौंदेखि विभेदमा परेका उत्पीडित समुदायका लागि संघर्षमा आफ्नो ज्यान गुमाएका व्यक्तिहरुलाई कहिलै बिर्सिन नसक्ने बताए ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख बाल कुमारी सापकोटा, चौतारा सांगाचोकगढि नगरपालिका मेयर अमान सिंह तामाङ ,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य माधव सापकोटा, ६ नम्बर वडाका अध्यक्ष तोक वहादुर तामाङ, ७ नम्बर वडाका अध्यक्ष उमा प्रसाद दुलाल, १३ नम्बर वडाका अध्यक्ष राम प्रसाद गौतम सहित विभिन्न साहित्यकार हरुको उपस्थिति थियो ।
सो कार्यक्रममा सिन्धु–मित्र बाल साहित्य पुरस्कारबाट साहित्यकार डम्बर रसिक भारतीलाई सम्मान गरेको छ ।
यसैगरी खुल्ला कविता प्रतियोगितामा नवराज रायमाझीको कविता पहिलो, सुस्मा तिमिल्सिनाको कविता दोश्रो, कृष्ण प्रसाद धिताल ( धिताल चिरिच्याट् )को कविता तेसा्रे तथा रमेश श्रेष्ठ र घनस्याम नेपालको कविताले सान्त्वना पुरस्कार पाएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!