शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारबाढीपीडितका पीडा बल्झाउँदै हेलिकोप्टर शयर गर्ने नेता

बाढीपीडितका पीडा बल्झाउँदै हेलिकोप्टर शयर गर्ने नेता


मेलम्ची । गएको असार १ र त्यसपछिका लगातारको बाढीले मेलम्ची नगरपालिका ११ का राजकुमार चालिसेको भएको जग्गासबै नदिमा विलिन गरायो । घरको अवस्था पनि उस्तै । अलिकति सामान भने झिक्न भ्याएका चालिसेले अहिले जसोतसो जीवन निर्वाह गर्दै आएका छन् ।
अचेल उनीलाई झोक चल्छ–आफू सडकमा भौतारिरहँदा नेताहरु हेलिकोप्टरबाट तमासा हेर्छन्, अनि आउँछन्, आश्वासन दिन्छन्, जान्छन् । ‘अब आफू र परिवार कहाँ बस्ने भन्न ठेगान छैन, नेताहरु तमासा मात्रै हेर्न आउँछन्,’ उनले आक्रोस पोखे, ‘यो त पीडामाथि थप पीडा दिएको हो ।’ उनी भन्छन्, ‘बरु हामी सम्हालिएका हुन्छौं, दैनिकी जसरी चलेको छ, उसैगरि चलाउँछौं भन्ने लागेर बसेका हुन्छौं, तर हेलिकोप्टरबाट आएर अनेक आश्वासन दिँदा झन् पीडा बल्झिदोरहेछ ।’
असार १ गते राती आएको बाढीले हेलम्बु गाउँपालिका वडा नम्बर ४ का रुपाखेती लामिछानेको पनि आफ्नो घरसँगै भए भरको जायजेथा बग्यो । विकल्प नपाएपछि उनी आश्रय खोज्दै काठमाण्डौं पसे । सरकारले तत्काल राहत दिने उनले नसुनेको हैन् । तर अझैसम्म पनि आश्वासनमै सिमित हुँदा उनलाई दिक्कै लागिसक्यो । ‘खाली आश्वासनमै दिन बित्ने भो, कति सुन्नु,’ उनी भन्छन्, ‘नेताहरु आकाशबाट आउँछतन्, यहाँ जनतालाई हिँड्ने बाटो नभएको देख्दैनन् ।’ उनले भपे, ‘कि राहत दिने कुरा नसुनाउनु, सुनाएपछि दिनुपर्छ ।’
चालिसे र लामिछाने मात्रै हैन, बाढीले क्षति गराएहरुलाई यसरी नेता आएर आश्वासन दिएको मन बुझेकै छैन । उनीहरुको एउटै आवाज छ्–‘नेताज्यू आश्वासन दिन नआउनुहोस्, हामी आफै उठ्छौं’
आश्वासनले पर्खामा मात्रै झुलाएको पीडितहरु बताउँछन् । ‘हामी आफ्नै सुरले पाएको भए बरु सुरक्षित ठाउँमा स्थायी आवास निर्माण थालिसक्नेथियौं होला,’ पीडित लामिछाने भन्छन्, ‘यो आश्वासनले घर न घाटको बनायो ।’
बाढीले मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालमा क्षति पु¥यायो, तर सुरुआती दिनमा जे अवस्था थियो अहिले पीडितहरु उही समस्या भोग्न बाध्य छन् । विनाश गरेको महिनौं बित्यो तर पीडितले आश्वासन मात्रै पाए, कुनै सहयोग अनि राहत पाएनन् सरकारबाट ।
महिनौँ बितिसक्दा समेत आफुहरुका लागि सरकारले सामान्य बाटो समेत बनाउन नसकेकोमा रुपाखेतीले दुःख पोखे । ‘जग्गा जमिन र हाम्रो घर सँगै हाम्रा सबै सपनाहरू बगाए । हिजो नाचेको आँगनबाट आज खोला नाचिरहेको छ । सरकार पनि हाम्रो समस्यामा नाचे झैँ लाग्छ ।’ उनले भने । बताउनुभयो,‘न त बस्ने छाना छ, न त भोक मेट्नका लागि खाना नै, नेताहरू हेलिकप्टरबाट हेर्न आउनुहुन्छ, हामीलाई त हिँड्ने बाटो पनि छैन ।’
प्राकृतिक प्रकोप भएको बेला सिन्धुपाल्चोकमा नेताहरूको ओइरो नै लाग्छ । हेलिकप्टरमा आउने हेर्ने र जाने बाहेक आजसम्म कुनै पनि नेताले प्रभावितको गुनासो सुने पनि कार्यान्वयन नगर्ने गरेको उदाहरण धेरै रहेको पीडितहरु बताउँछन् ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!