शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारफेरि बर्षाको वितन्डा, सिन्धुपाल्चोकमा अर्बाैको क्षति

फेरि बर्षाको वितन्डा, सिन्धुपाल्चोकमा अर्बाैको क्षति


मेलम्ची । गएराती परेको अविरल वर्षाका कारण विभिन्न खोलामा आएको बाढी र पहिरोले सिन्धुपाल्चोकमा फेरि अर्बाैको क्षति पु¥याएको छ । लगातारको वर्षाले आएको बाढी र पहिरोले अरबौंको धानबालीमा क्षति गर्नुका साथै बस्तीहरु जोखिममा पारेको हो ।
शनिबार रातिदेखिको अविरल वर्षाले इन्द्रावती– ५ स्थित धुसेनिमा गएको पहिरोका कारण दुई घर जोखिममा परेको छ । घर मुनीबाट झरेको पहिरोले बसोबास गरिरहेको दुई स्थानीयको घर बगाउने सम्भावना बढेको हो ।
त्यस्तै, सिन्धुपाल्चोक र काभ्रेको सिमाना सीमाघाटमा सिपाघाटमा ढाँडखोला बाढीले वितण्डा मच्चाएको छ । स्थानीयका अनुसार बाढीले सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत गरेको छ भने एक बंगुर फर्म पनि बगाएको छ ।
बंगुर फर्म सञ्चालक सोचित श्रेष्ठकाअनुसार विहान एक्कासी आएके बाढी फर्म भित्र पसेको थियो । फर्ममा १३ बंगुर थिए । ‘१७ लाख रुपैयाँ लगानी गरेर फर्म स्थापना गरिएको थियो ।’ उनले भने । सिपाघाट बजार क्षेत्रमा पनि पानी छिरेको हुदा जोखिम अझै रहेको स्थानीय बासिहरु बताउँछन् ।
चाखोलामा आएको बाढीले अरबौैको क्षति पुगेको अनुमान, गरिएको छ । २० बर्षपछि आयो यत्ति ठूलो बाढी आएको र सो बाढी खेतीयोग्य जमिनमा पसेकाले क्षतिको विवरण आउन बाँकी रहेको स्थानीयको भनाई छ। सिपाघाट हुँदै आएको बाढीले काभ्रेको मण्डन देउपुरमा सयौ रोपनी धान खेत बगाएको छ ।
त्यस्तै गएराति देखिको अबिरल बर्षाले मेलम्ची नगरपालिकन १२ र १३ को बिभिन्न ठाँउमा पहिरो जाँदा हेलम्बु राजमार्ग फेरि अवरुद्ध भएको छ । मेलम्ची नगरपालिका १२ बाहुनेपाटी र १३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिलामा पहिरो खसिरहेकाले सडक अवरुद्ध भएको हो । प्रहरीका अनुसार मेलम्ची वडा नम्बर १२ र १३ गरेर ३ ठाउँमा पहिरो गएर सडक अबरुद्ध गरेको छ ।
बर्षा रोकिएपछि मात्र पहिरो पन्छाएर सडक संचालनमा ल्याउन सकिने र निकै जोखिम रहेकाले सजग रहन ईलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टिकाराम राईले आग्रह गरे । त्यस्तै मेलम्ची नगरपालिका वडा नं. १० पैराबारीमा पनि घरमाथिबाट आएको पहिरोले क्षति गरेको छ ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!