शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचार७८ वर्षअघि खुलेको थियो ‘मान्छे बेच्ने गरेको’ तथ्य !

७८ वर्षअघि खुलेको थियो ‘मान्छे बेच्ने गरेको’ तथ्य !


चौतारा । १७ फागुन २००० सालमा जिल्ला अदालत सिन्धुपाल्चोकमा एउटा अनौठो मुद्धा दर्ता भएको थियो । ‘आइमाई’ बेचेको अभियोगमा एक विरुद्ध मुद्धा ।
त्यतिबेलाको परिवेशमा यो मुद्धा अनौठो प्रकृतिको थियो । मान्छे बेच्छन् भनेर कतै नसुनिएको कतै नदेखिएको घटनाको मुद्धा दर्ता भएको थियो ।
जिल्ला अदालतको मिसिलअनुसार सिंहबहादुरले कुसुमकुमारीविरुद्ध जिल्ला अदालतमा जाहेरी दिएका हुन् ।
अभैm यो मुद्धामा अर्काे अनौठो देखिन्छ, ‘महिलालाई महिलाले नै बेचेको ।’
‘मान्छे बेच्ने’ उजुरी आफैमा अनौठो देखिएको बेला झनै महिलाले महिला नै बेचेको उजुरी दर्ता भएको थियो । सिंहबहादुरले कुसुमकुमारी विरुद्ध ‘महिला बेचेको’ उजुरी दर्ता गराएका थिए । अदालतको मिसिलअनुसार ‘मान्छे’ बेचिएको विरुद्ध दर्ता भएको जिल्लाको यो पहिलो मुद्दा हो ।
७८ वर्षअघिको यो मुद्धाबाट नै ‘मान्छे पनि बेचिने’ गरिएको तथ्य खुलेको देखिन्छ ।
यो मुद्धाको फैसला ८ भदौ २००१ सालमा भएको थियो ।
जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार पक्राउ पर्न बाँकीमध्ये अन्तिम मुद्दामा पनि महिला नै प्रतिवादी छ । २०७१ सालमा दर्ता भएको मुद्धामा पाङ्ग्रेटारकी एक महिला अझै फरार छिन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार मानव बेचविखनको मुद्धामा चार महिला र पाँच पुरुष अझै फरार छन् । उनीहरुके खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मानव बेचबिखन गरेको आरोपमा जिल्लामा दर्ता भएका मुद्धामध्ये झण्डै आधाजसोमा महिला प्रतिवादी छन् । अदालतको तथ्यांकअनुसार २०२५ चैत २६ गते तर्दा भएको मुद्धामा पनि प्रमिला लामा प्रतिवादी रहेको देखिन्छ । यो मुद्धा मानव बेचविखन अन्तर्गतको जिल्लामा उजुरी भएको तेस्रो हो । त्यस्तै २०२९ असोज ५ गते कान्छी तामाङ विरुद्धको मुद्धा दर्ता भएको छ । यो मुद्धा अदालतमा दर्ता भएको पाँचौ मुद्धा हो । यो समीकरणले पनि झण्डै आधाजसो मुद्धामा महिला प्रतिवादी रहेको तथ्य देखाएको छ । तथ्यांकअनुसार पछिल्लो दसकमा पनि मानव बेचविखनको आरोपमा महिलाहरुमाथि नै बढी उजुरी परेको छ ।
‘महिलाले महिलाकै कुरामा बढी विश्वास गर्ने भएकाले पनि यो अवस्था आएको हो,’ जिल्ला प्रहरी कार्यालयका डिएसपी बस्नेत भन्छन्, ‘पुरुषले ढाँट्न र छल्न सक्ने हुँदा महिलाका लागि महिलालाई नै प्रयोग गरिएको हुनसक्छ ।’ उनले लैगिक हिसाबले पनि मनको कुरा खोल्न सक्ने र कुनै लालच देखाएर दुःख परेकालाई उन्मुक्तिको आश्वासन दिदाँ महिलाहरु बेचविखनमा पर्ने गरेको बताए ।
‘कुनै पनि युवतीहरु महिलाप्रति नै ‘सेन्टिमेन्ट’ हुँदा महिलाहरु नै अपराधमा फसिरहेका छन् ।’ उनले भने । उनका अनुसार कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी या अन्य व्यक्तिको पनि महिलाप्रति आँखा नपुग्ने हुँदा उनीहरु अग्रसर हुने गर्छन् ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!