शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचार‘कोठीबाट उद्धार भयो छिछि दुरदुर सह्यौं, सरकारले नेपाली हैन भन्यो, देश फर्काएन’ (भिडियो)

‘कोठीबाट उद्धार भयो छिछि दुरदुर सह्यौं, सरकारले नेपाली हैन भन्यो, देश फर्काएन’ (भिडियो)


सन्दर्भ :१५ औं मानव बेचविखन तथा ओसारपसार विरुद्धको दिवश

चरिमाया तामाङ

कुरा २०५२ सालको हो । हामी मुम्बईको कोठीमा थियौं । त्यतिबेला प्रहरीले १ घण्टामा उद्धार गर्ने भनेर अगाडी बढेको रहेछ । प्रहरीले कोठीमा गएर छापा मार्ने शैलीमा उद्धार गरेको हो ।
त्यतिबेला नेपाल, भारत र बंगलादेश गरेर पाँच सय भन्दा बढी बालिका तथा किशोरीको उद्धार गरियो । त्यसमध्ये नेपालभित्रकै दिदीबहिनीहरु दुई सय ५० भन्दा धेरै हुनुन्थ्यो । ती मध्ये अधिकांश बालिका र किशोरी ।
उद्धार गरिएपछि के गर्ने र कसो गर्ने भन्नेमा प्रहरीमै अलमल भयो । कुनै योजना अनुसार उद्धार गरिएको थिएन । तुरुन्तैका तुरुन्तै उद्धार गरिएको थियो । कहाँ पठाउने, कहाँ राख्ने अन्यौल हुँदा ६ महिनासम्म विभिन्न सरकारी, गैरसरकारी ट्रान्जिट गृहमा राखियो ।
भारत र वंगलादेशको सरकारले बढीमा ३ महिना आफ्ना चेलीहरु लगेर गयो । हामी त्यही गुम्सिह्यौं ।
नेपाल सरकारले भने हामीलाई अस्वीकार गरेको हो । त्यसैले ६ महिनासम्म बस्न बाध्य भयौं । त्यसक्रममा धेरै दिदीबहिनीको मृत्यु भयो । उद्धारका क्रममा विरामी भएमाहरुलाई स्याहार हुन नसक्दा केही चेलीहरुले आफ्नो जीवन गुसमाउनु प¥यो । उपचारको सहयोग हुन पाएन । हामीमा धेरै पीडा भयो ।
हामी बसेको सेल्टरमा मानवीय व्यवहार ठिक थिएन । त्यसैकारण धेरै साथीहरु भाग्नुपर्ने अवस्था आयो । साथीहरु भागे, त्यसपछि कसैले उहाँहरु कहाँ जानु भयो भन्नेबारे कसैले खोजेको पाइदैन । अनेकौं लान्छना र मानव हो भन्ने व्यवहार नपाएको समयमा सरकारले पनि लिन मानेन । नागरिकता छैन, जन्मदर्ता छैन, नेपाली हो भन्ने प्रमाण खोजेर बस्यो सरकार ।
गैर सरकारी संस्था र मानवअसधिकारकर्मीको पहलमा हामीलाई नेपाल ल्याउने काम भयो । त्ययितबेला हामी एक सय २८ जना मात्रै नेपाल फर्कन सफल भयौं । बाँकी कहाँ हुनुन्न्छ भन्ने कसैलाई थाहा छैन ।
त्यतिबेला हामी नेपाल फिरेकाहरु १ सय २८ जनालाई सात वटा संस्थाले अभिभावकको जिम्मामा लियौ । हामीलाई नेपाल आउनका लागि भारतीय अभिनेता सुनिल से्टठीले फ्लाइटको व्यवस्था गरिदिनुभएको हो । आउने क्रममा अध्यागमनबाटै छिछि दुरदुर र लाञ्छनाको पीडा भोग्न हामी बाध्य भयौं ।
हामीलाई नेपाल आइसकेपछि संरक्षण्का लागि पुनस्थापना केन्द्रमा राखियो । त्यसको ६ महिनापछि शक्ति समूह नामक गैरसरकारी संस्था स्थापना गरेका हौ ं। अनि म आफै बेचविखनविरुद्ध लागेकी हुँ ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!