शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारबराबरीमा सकियाे नेपाल-भारतकाे फुटबल खेल

बराबरीमा सकियाे नेपाल-भारतकाे फुटबल खेल


काठमाडौं  ।  फिफा वरियतामा  ६३ स्थान माथि रहेकाे दक्षिण एसियाकै बलियाे प्रतिद्वन्दि भारतलाई नेपालले बराबरीमा राेकेकाे छ । एक गाेलले अगाडि रहेकाे नेपालले लय गुमाउँदा बराबरीमै चित्त बुझाउन बाध्य भएकाे हाे ।

  नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण फुटबल खेल एक–एक गोलको बराबरीमा टुङ्गियाे । खेलको ३६ औँ मिनेटमा अञ्जन विष्टले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । तर, नेपालले आफ्नो अग्रता दोस्रो हाफमा गुमायो ।

दोस्रो हाफको ६० मिनेटमा सुनिल क्षेत्रीको सटलाई नेपालका गोलकिपर किरण चेम्जोङले निकै उत्कृष्ट बचाऊ गरे । तर, रिबाउन्ड प्राप्त मौकालाई अनुरुद थापाले चुकाएनन्, उनले गोल गर्दै भारतलाई बराबरीमा फर्काए । ५१ सयको हाराहारीमा दर्शकहरू उपस्थित भएको खेलमा दुवै टोलीले उत्कृष्ट खेल देखाएका थिए ।  नेपाल र भारतबीच अब अर्को खेल आइतबार दशरथ रङ्गशालामै हुनेछ । याे मैत्रीपूर्ण खेल हाे ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!