शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारघर जलेर पूर्ण क्षति व्यहोरेका गोलेलाई बस्नेतको सहयोग

घर जलेर पूर्ण क्षति व्यहोरेका गोलेलाई बस्नेतको सहयोग


दुवाचौर । घर जलेर विजोग भएका दुवाचौरका एक परिवारलाई नगदसहित आवश्यक सामग्री प्रदान गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको दुबाचौरमा घर जलेर बिचल्लीमा परेका बाबुराम गोलेको परिवारलाई तत्कालका लागि दैनिक उपभोग्य सामग्रीसहित सहशयोग गरेका हुन् ।

मेलम्ची नगरपालिका– ८ को दुबाचौरको लाभगाउँमा बुधबार साँझ गोलेको घर जलेर नष्ट भएको थियो । आगलागीमा मानवीय क्षति हुन पाएन । तर, घरमा रहेका अन्नपात, भाँडाकुँडासहितका सबै सामान जलेर क्षति पुगेको छ ।
आगलागष्ीबाट गोलेको घरसमेतको पूर्ण क्षति भएकाले तत्कालका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको नेता बस्नेतले सिन्धुखबरलाई बताए । ‘घरसहित लत्ताकपडा, खाद्यान्न सबै नष्ट भएको देखियो,’ सहयोग हस्तान्तरण गर्न दुवाचौर पुगेका पूर्व मन्त्री बस्नेतले भने, ‘अहिले खान र बस्नका लागि निकै समस्या छ ।’ नेपाली कांग्रेस विपद व्यवस्थापन समितिका संयोजक समेत रहेका बस्नेतले नगदसहित खाद्यान्न, लत्ताकपडा, एक सेट भाँडाकुडा सहयोग गरिएको बताए ।
कांग्रेस नेता बस्नेतले गोललाई अचानक आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै घर बनाउनेदेखि अन्य सहयोग गर्ने आश्वासन दिएका छन् । उनले आवश्यक परेको अवस्थामा थप सहयोग गरिने बताए ।

नेता बस्न्ेतबाट सहयोग पाएपछि पीडित गोलेले आफूलाई साहारा मिलेको बताए । ‘भएको घर र सम्पत्ति सबै जलेर खरानी भयो,’ उनले भने, ‘अब केही दिनका लागि ढुक्क भइयो ।’ उनले यस्ता सहयोगले आफूलाई हौसला मिलेको सुनाए ।
सिन्धुपाल्चोक जिल्लामा नेता बस्नेतले बाढीपहिरो, कोरोना महामारी होस् वा अन्य विपतमा परेका सर्वसाधारणलाई सहयोग गर्दै आएका छन् ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!