शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारसभामुख सापकोटाको मुद्धा ‘हेर्न नमिल्ने’

सभामुख सापकोटाको मुद्धा ‘हेर्न नमिल्ने’


काठमाण्डौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दाको पेसी सरेको छ । संवैधानिक इजलासमा पेसीमा चढेको मुद्दा हेर्न नमिल्ने हुँदै सरेको हो ।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोपमा सभामुख सापकोटाविरुद्ध दर्ता भएको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पुर्णिमाया लामाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्। उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा लामो समयदेखि विचाराधीन रहेको छ ।

सभामुख सापकोटाको मुद्दा अन्तिम पटक २०७६ फागुन ३० गते पेशीमा चढेको थियो । उक्त दिनमा हेर्न नभ्याउने हुँदै मुद्दाको सुनुवाइ सरेको थियो। सापकोटाविरुद्ध काभ्रेकी पुर्णिमाया लामा, शुसिल प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेको निवेदन सुनुवाइको पेशीमा चढेको हो।

हालसम्म यो मुद्दा १९ पटकसम्म सुनुवाइको पेसी तोकिएको छ । २०७२ चैत २२ गते सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो। संवैधानिक इजलासमा सापकोटा सूचना तथा सञ्चारमन्त्री भएका बेला दायर भएकोसहित तीन थान मुद्दा रहेका छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!