शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारहामी दोस्रो वर्षमा : सकारात्मक पत्रकारितामार्फत समाज विकास

हामी दोस्रो वर्षमा : सकारात्मक पत्रकारितामार्फत समाज विकास


चौतारा । बि एण्ड बि मिडिया हाउसद्वारा सञ्चालित अनलाइन खबरपत्रिका सिन्धुु खबर डट कम दोस्रो वर्षमा प्रवेश गरेको छ । सूचना विभागमा आधिककारिक दर्तापछि सुरु गरिएको न्यूज पोर्टल सिन्धु खबर आज (कृष्णजन्माष्टमी)बाट दोस्रो वर्षमा प्रवेश गरेको हो ।
पहिलो एक वर्ष परीक्षण कालमा रहेको न्यूजपोर्टल अबबाट नियमित प्रशरणमा जाने मिडिया हाउसले जनाएको छ । सिन्धुपाल्चोक जिल्लाका विविध विषयलाई उठान गर्दै आएको सिन्धु खबर डट कम यो वर्षदेखि वाग्मती प्रदेशभित्रका समाचारहरुलाई समेट्ने विएण्ड वि मिडियान हाउसका अध्यक्ष भूपेन्द्र भण्डारीले जानकारी दिए ।
यो डिजिटल युग हो । पछिल्ला वर्षदेखि नेपाली पत्रकारितालाई न्यू मिडियाले चुनौति दिइरहेको छ । डिजिटल जमानामा अनेकौं सम्भावना खोतल्दै जीवन्त पत्रकारिताको अभ्यास गर्ने योजना र लक्ष्यका साथ फरक दृष्टि लिएर आएका छौं ।
न्यू मिडियामा आम नागरिकले अचेल समाचार ब्रेक गर्नै गरेको पाइन्छ । हामी त्यसलाई चिर्दै एक पाइला अगाडि बढ्ने उद्घोषका साथ आएका छौं ।
हो, पनि यो डिजिटल युगमा हामी अक्षरसँग भन्दा पनि धेरै अडियो र भिडियो सँग खेल्नेछौं । समाजलाई हामी पर्दामा जस्ताका तस्तै देखाउनेछौं । अब सिन्धु खबरमा विचार, शैली, विश्लेषणसँगैको दृष्यले जनताका कथा, समाजको कथा बोल्नेछ भन्ने हाम्रो विश्वास हो ।
संघीय संरचनापछि मुलकमा आएको स्थानीय सरकार भित्रका विकास निर्माणलाई पनि जोड्नेछौं । विशेष गरि सकारात्मक पत्रकारितामार्फत समाज विकास सम्भव छ भन्ने हामीले सन्देश प्रवाह गर्नैछौं ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!