शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारमेलम्ची बाढी :आश्वासन मात्रैले जनप्रतिनिधि निरास

मेलम्ची बाढी :आश्वासन मात्रैले जनप्रतिनिधि निरास


मेलम्ची ।
मेलम्ची बाढीले क्षति गरेकाहरुलाई सहयोग गर्नै विभिन्न निकाय तथा उच्च पदस्थ नेताहरुले आशा देखाएपनि कार्यान्वयन नगर्दा स्थानीय जनप्रतिनिधि निरासिएका छन् ।
घटनास्थल आएर आश्वासन बाडेर पीडितलाई आस मात्रै देखाएको भन्दै प्रदेश सरकारप्रति बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि निराशिएका हुन् ।
वाग्मती प्रदेशले दिने भनेको एक करोड रुपैया जिल्ला विपद व्यवस्थापन समितिलाई उपलब्ध गराइएको छ । प्रदेश विपद् समितिको निर्णयअनुसार खर्च गर्ने गरी थप ५० लाख जिल्ला जलस्रोत तथा सिचाई विकास डिभिजनलाई पठाइएको थियो । मेलम्ची आएर तत्कालीन मुख्यमन्त्री डोरमणी पौडेलले योजना र रकम पठाउने आश्वासन दिएर फर्केका थिए । प्रदेशले उक्त रकम जिल्लातिर पठाएको र प्रदेशले दिने भनेको एक करोड रुपैया जिल्ला विपद व्यवस्थापन समितिले कहा कसरी खर्च ग¥यो भन्नेबारे आफु अनभिज्ञ रहेको मेलम्ची नगरका मेयर डम्बर अर्यालले बताए ।
‘इन्द्रवती र हेलम्बु जोड्ने दुई यान्त्रिक पुलको लागि प्रदेश र संघिय सरकारलाई गुहारेका छौ,’उनले भने । यसअघि संघिय सरकारले बाढीपीडितलाई आवास बनाउन भुकम्पपीडितको लागि ५ लाख दिने र जग्गा नभएको प्रमाण भएमा ३ लाख दिने घोषणा गरेपनि नीतिअनुरुप प्रदेश २५, स्थानीय १५ र संघियले ६० प्रतिशत आर्थिक उपलब्ध गराउनुपर्ने नीति रहेको अर्यालले प्रष्ट्याए ।
‘हेलम्बु भेगमा बाढीले सबैभन्दा बढी क्षति पु¥याएको छ ,संघीयले यान्त्रिक पुल तुइन र भौर्गभिग अध्ययनमा तत्पर छ, तर प्रदेश सरकार कहा हराएछ ,’हेलम्बु गापाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने । सामान ओसारपसारमा सेनाको हेलिकप्टर प्रयोग गरेको बाहेक संरचनाको सरक्षण र पीडितको व्यवस्थापनका लागि अधिकाशंमा दाताहरुकै सहयोग छ । प्रदेश सरकारबाट आश्वासन मात्रै पाएको उनले बताए ।
बाढीले हेलम्बु र पाचपोखरी थाङपाल गापा क्षेत्र करिब १२ किमी क्षेत्र प्रभावित छ । इन्द्रावती र यांग्री बाढीले क्षति गरेको पाचपोखरी थाङपाल गापाका अध्यक्ष टासी लामा ह्योल्मोले पाचपोखरी थाङपाल गापा २ बरुवाको यांग्री दलित बस्ती,माथिल्लो बस्ती,तासिवा ,सुनचौर, माईखर्क गाउका ६५ परिवारलाई गापाबाटै आवश्यक खाधन्न र नगद सहयोग गरिएको बताए ।
‘त्यत्रो विपदमा पनि संघिय र प्रदेश सरकारले अनुहार देखाएनन्, त्यसपछि हामी आफै जुटेका छौ,’उनले भने । पाचपोखरी थाङपाल गापाकै ताङ्गु खोला तर्न झोलुंगे पुल निर्माण गरिएको सुनाउदै उनले पीडितको भेगसम्म सम्पर्क जोड्न सडक र पुलको तैयारीमा रहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!