शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारकांग्रेस महाधिवेशनकाे बाटाे खुल्याे

कांग्रेस महाधिवेशनकाे बाटाे खुल्याे


काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच  सहमति भएसँगै महाधिवेशनकाे बाटाे खुलेकाे छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबिच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेकोपछि अधिवेशन हुने पक्कापक्की बनेकाे हाे ।

देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएकाे छ । सके भदाै १८ नसके भदाै २३ भित्र वडा अधिवेशन हुनेछ ।

सभापति देउवासँगको सहमतिपछि पौडेल पक्षले आफूनिकट नेता तथा जिल्ला सभापतिसँग चाक्सिबारीमा छलफल गरेको थियो ।

४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ । एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुनेगरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने छ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमासमेत सहमति जुटेको एक नेताले बताए ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!