शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारदोलखाको लापिलाङ पहिरोपीडितलाई राहत

दोलखाको लापिलाङ पहिरोपीडितलाई राहत


दोलखा । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ र नेपाल हिमाय सीमापार बाणिज्य संघले दोलखाको कालिन्चोक गाऊपालिका वडा नं ५, लापिलाङका २०० सय घर परिवार पहिरो पीडितलाई खाद्य सामग्री प्रदान गरेको छ । नेपाली कांग्रेस विपद व्यवस्थापन समितिका संयोजक तथा केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको समन्वयमा यहाँका पहिरो पीडितलाई राहत हस्तान्तरण गरिएको हो ।
त्यहाँका नेपाली कांग्रेसका गाऊ सभापति सहदेव खड्काको रोहवरमा राहत सामग्री हस्तान्तरण गरिएको थियो । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका द्धितीय उपाध्यक्ष अमृत कार्कीले सामग्री प्रदान गरे । राहत सामग्री हस्तान्तरण गर्न संघका महासचिव शम्भुबहादुर तिमल्सिना, सदस्यहरु मोहनभक्त श्रेष्ठ, उद्धव पौडेल, र भूपेन्द्र भण्डारी लगायत दोलखा पुगेका थिए ।


क्याटेगोरी : समाचार, समाज


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!