शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारठाेकर्पा दुर्घटना: मृतककाे पहिचान, ४१ घाईते

ठाेकर्पा दुर्घटना: मृतककाे पहिचान, ४१ घाईते


चाैतारा । सुकुटे ठोकर्पा भित्रि सडक खण्डमा वाफलबाट काठमाण्डौ तर्फ जादै गरेको अरनिको समिति मार्फत सञ्चालनमा रहेको कोशिपारी यातायातको बस दुर्घटनामा मृत्यु हुनेकाे पहिचान खुलेकाे छ । सुनकोशी गाउँपालिका ३ छाप गाँउमा आज भएकाे बा ३ ख ८०३० नं.को बस दुर्घटनामा मृत्यु भएका दुवैकाे पहिचान खुलेकाे हाे ।
ललितपुर ठुलो दुर्लुङका राजन बराम र झापाका पवन कार्कीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । ४१ जना घाईते मध्य २९ जनाको अवस्था सामान्य भएकोले डिस्चार्ज गरिएको छ । १ जना मध्यपुर ठिमी अस्पताल भक्तपुरमा र ११ जना धुलिखेल अस्पताल काभ्रेमा उपचार भईरहेको छ ।
ओरालो बाटोको मोडमा आफै अनियन्त्रित भई सडकबाट करिब २५ मिटर तल खस्न गई दुर्घटना भएकाे प्रहरीकाे निष्कर्ष छ । बस चालक काभ्रे चौरी देउराली ३ का दिपेन्द्र कुमार पाठक प्रहरी नियन्त्रणमा छन् ।

 


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!