शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारठोकर्पा दुर्घटना अपडेट : दुईको मृत्यु, २५ घाइते (भिडियो खबर)

ठोकर्पा दुर्घटना अपडेट : दुईको मृत्यु, २५ घाइते (भिडियो खबर)


ठोकर्पा । ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटनामा कम्तीमा दुईको मृत्यु भएको छ । दुर्घटनामा २५ घाइते छन् ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटनामा २ जना बसले किचिएको थियो । उनीहरुको दुवैको मृत्यु भएको प्रत्यक्षदर्शीको भनाई छ । ।
तर, प्रहरीले मृत्युबारे पुष्टी गरेको छैन । स्थानीय हिमबहादुर आचार्यका अनुसार दुई पुरुष किचिएका थिए ।
स्काभेटरले शव निकालेको प्रत्यक्षदर्शी आचार्यले सिन्धु खबरलाई जानकारी दिए ।
ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका ३ कालिकास्थित मिलडाँडा नजिकै थापगाउँको घुम्तीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा १८ घाइते भएका छन् । बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो ।
बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ९ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!