शुक्रबार, असोज १, २०७८
गृहपृष्ठसमाचारसुनकोशीमा बस दुर्घटना, २ किचिएको अवस्थामा,कम्तीमा २० घाइते

सुनकोशीमा बस दुर्घटना, २ किचिएको अवस्थामा,कम्तीमा २० घाइते


ठोकर्पा । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २० घाइते भएका छन् । स्थानीयका अनुसार २ जना बसले किचिएको अवस्थामा देखिएको छ ।
ठोकर्पाबाट काठमाण्डौं जाँदै गरेको बा ३ ख ८०३० नम्बरको यात्रुबस सुनकोशी गाउँपालिका ३ स्थ्ति थापागाउँमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतका अनुसार दुर्घटनामा १८ घाइते भएका छन् । बस सडकभन्दा करिब २५ मिटर तल खसेको हो ।
बस्नेतका अनुसार घाइतेमध्ये १५ जनालाई धुलिखेल अस्पताल र ३ जनालाई सिन्धु सदावहार अस्पताल खाडिचौरमा उपचारका लागि लगिएको छ ।
विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!