शुक्रबार, असोज १, २०७८
गृहपृष्ठविचार/अन्तरवार्ता‘यो अवस्थामा कांग्रेसको जिल्ला अधिवेशन गर्न सकिँदैन’ जिल्ला सभापति लामा

‘यो अवस्थामा कांग्रेसको जिल्ला अधिवेशन गर्न सकिँदैन’ जिल्ला सभापति लामा


चौतारा । नेपाली कांग्रेसले महाधिवेशन बैधानिकताका साथ नभएमा सिन्धुपाल्चोकको अधिवेशन हुन नसक्ने जिल्ला सभापति विकास लामाले बताएका छन् । काग्रैस क्रियाशील सदस्यहरुको नाम सार्वजनिक गर्नुपर्ने माग राख्दै धर्ना बसेका लामाले पत्रकारहरुसँग कुरा गर्दै अधिवेशन गर्न समस्या हुने बताएका हुन् ।
केही क्रियाशील सदस्य हटाएको र केही थपेको रामचन्द्र पौडेल र कोइराला पक्षको आरोप छ । संस्थापन पक्ष अहिले महाधिवेशन गर्न हिच्किचाएकाले विवाद मात्रै गर्न खोजेको लामाको दावी छ ।
कांग्रेसको क्रियाशील सदस्यता सार्वजनिक गनिु अहिलेको आवश्यकता भएको उनी बताउँछन् । ‘निर्वाचन ढिलामा साढे पाँच वर्षभित्र गरिसक्नुपर्दछ’ उनले भने, ‘त्यो टरिसकेको अवस्था छ, विशेष परिस्थितिमा ६ महिना थप्न सकिन्छ, त्यो सुविधासमेत लिइसकेको अवस्था हो ।’ बरु महाधिवेशन प्रतिनिधिबाट विशेष अधिवेशन गर्ने एक् मात्रै अर्काे विकल्प भएको पनि उनको भनाई छ ।
कांग्रेसको क्रियाशील सदस्यता देशभरका ३८ जिल्लामा हेरफेरि भएको तथ्य आफूहरुले प्रमाणित गरेको उनले दावी गरे । ‘सिन्धुपाल्चोकमा एक हजार तीन सय थपेको भन्ने हल्ला छ, केही हटेका पनि छन्,’ उनले आफूलाई जानकारी आएको बताउँदै भने, ‘म जिल्ला सभापति हुँ, मेरै नाम काटिएको पनि हुनसम्छ, मेरो नाम छ या छैन म मा आफै अन्यौल छु ।’ उनले पहिले जिल्ला समितिले पठाएको क्रियाशील सदस्यहरु र अहिले विवाद साम्य भएको भनिएपछिको नाम जुधाएर हेर्न पाए समाधानमा पुगेर अधिवेशनमा जान तयार रहेको उनले बताए ।


क्याटेगोरी : विचार/अन्तरवार्ता, समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!