ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु

मेलम्ची ।
ईन्द्रावती गाउँपालिका १२ भिमटारमा ट्याक्टरबाट खसेर एकको ज्यान गएको छ । ईन्द्रावती ७ देउरालीका १४ बर्षीय किशोर सुदिप आचार्यको उपचारको क्रममा मृत्यु भएको हो ।
धुलिखेलबाट डिजेल लिएर भिमटार जाँदै गरेको ना ६ त १८०७ नम्बरको ट्याक्टरबाट आचार्य खसेका हुन् । उपचारको क्रममा शनिबार बिहान १ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी दक्ष कुमार बस्नेतले जानकारी दिए ।
ट्याक्टरको पछाडि बसेका आचार्य ढाला खुस्केर भुइमा खस्दा घाईते भएका थिए । ट्याक्टर चालक र ट्याक्टर प्रहरी नियन्त्रणमा रहेको डिएसपी बस्नेतले बताए ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस