बाबु गुमाएकी समीक्षालाई वडाध्यक्ष थापाले पढाउने

लामोसाँघु । केही समयअघि बाबु गुमाएकी एक किशोरीलाई माध्यमिक शिक्षासम्म पढ्ने व्यवस्था वडाअध्यक्षले गरेका छन् । सुनकोशी गाउँपालिका–६ थुम्पाखरकी १० बर्षीया बालिका समीक्षा बस्नेतको शैक्षिक जिम्मा वडाअध्यक्ष रामकुमार थापाले लिएका हुन् ।
समीक्षाका बुबा चालक थिए । केही साताअघि उनका बुबा नेत्रबहादुरको एपेन्डिसाइटका कारण मृत्यु भएको थियो । बस्नेत परिवार निम्न आयस्रोत भएको परिवार हो । बुबाको मृत्यु भएका कारण समीक्षाको पढाई रोकिने अबस्था भएकले वडअध्यक्ष थापाले यस्ते पहलकदमी लिएका हुन् ।
टुहुरी बालिका समीक्षालाई राजधानीको सुबिधा सम्पन्न बिद्यालयमा कक्षा १० सम्म निशुल्क शिक्षा दिलाउने वडाध्यक्ष थापाले बताए । वडाध्यक्ष थापाको पहल र थुम्पाखर एकता समाजको समन्वयमा समीक्षाको परिवारलाई वडाध्यक्ष थापाले एक लाख ५७ हजार नगद पनि सहयोग गरेका छन् । स्थानीय बिद्यालय कक्षा ४ मा अध्ययनरत समिक्षालाई वडाध्यक्ष थापाले राजधानीको शान इन्टरनेशनल बिद्यालयमा भर्ना गरिदिएका छन् ।
थुम्पाखर एकता समाजका सदस्य तथा समाजसेवी, व्यवसायी तिर्थ भण्डारीको पहलमा बिदेशमा रहेका रमेश बस्नेतले ५० हजार पाँच सय नगद समीक्षाको परिवारलाई पठाएका थिए ।
एक लाख ६ हजार थुम्पाखर एकता समाजका अध्यक्ष रामकाजी भण्डारी, पूर्व अध्यक्ष दिपेश भण्डारी, कोषाध्यक्ष हरि कार्की, श्वेता फाउण्डेशनका सचिव दिपक कार्की लगायतका एकता समाजका पदाधिकारीहरुले नगद संकलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य/शिक्षा
तपाईको प्रतिक्रिया दिनुहोस