आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारऋणकाे चपेटामा मेलम्ची बाढीपीडित (भिडियो रिपोर्ट)

ऋणकाे चपेटामा मेलम्ची बाढीपीडित (भिडियो रिपोर्ट)


मेलम्ची ।
असार १ गते आएको बाढीले मेलम्ची बजार नदि किनार छेउका घर टहरा बगाए । संयौं रोपनी खेतीयोग्य जमिन नदिमा विलय भयो ।
झनै साउन १७ गते अर्काे फेरि उही प्रकृतिको बाढी आयो, क्षति गरायो ।
बैंकमा ऋण लिएर व्यवसाय गरेका अनि घर बनाएका करोडौं सम्पत्तिका मेलम्चीवासी बाढीको एकै झट्काले छिमेकी या आफन्तको शरण लिनेमा पुगे । आधुनिक सेवासहित मेलम्चीमा पर्यटन प्रवद्र्धनमासमेत सघाउ पु¥याउने उद्धेश्यले स्थानीय सागर श्रेष्ठे ३५ करोड लगानी गरेर बजारमा रिसोर्ट सञ्चालनको तयारी गरेका थिए, भवन डुबानमा पर्यो । बाढीले ऋण नै चिनो स्वरुप छाडेर गएको उनी बताउँछन् ।
सिन्धुपाल्चाकको उत्तर पश्चिम गाउँ हेलम्बु र पाँचपोखरीका फरक दुुई नदिबाट एक साथ उर्लिएको बाढीले मेलम्ची बजारमा करिब दुई सय घर बगायो । थप घर साउन १७ को बाढीले थप क्षति बनाएपछि मेलम्चीवासी झनै प्रताडित बने । अधिकांशले बैंकबाट ऋण लिएर घर बनाएका थिए । अहिले बैंकको ऋण तिर्न निकै समस्या रहेको छ ।
अधिकांशलाई वैंकको ऋणले पिरोलेको छ, अलि अलि भएको सम्पत्ति पनि बाढीसँगै बगेपछि बैंकले ऋण तिर्न गरेको ताकेताले बाढीपीडित थप पीडित बन्नपुगेका छन् ।
नदि किनार छेउ घर भएका र व्यवसाय सञ्चालन गरिरहेका संयौंको बिल्लीबाठ बनाएको छ ।
उर्लिएर आएको बाढीले मेलम्ची नगरपालिकाबाट भएका विकास निर्माण पनि ग्राउण्ड जिरो तुल्यायो । सडकसहित भौतिक पूर्वाधार, अन्य संरचना अनि कृषि फर्म पूर्ण रुपमा नष्ट भएका छन् । सुन्दर नगरीको उपमा पाइसकेको मेलम्चीलाई एकै दिनको बाढीले उथलपुथल गरायो । स्थानीयवासी बाढीपीडित सरकारले सहलियतपूर्ण ऋण ल्याउनुपर्नृे माग गर्छन् ।


क्याटेगोरी : समाचार, सिन्धु खबर टिभी
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!