आईतबार, असोज ३१, २०७८
गृहपृष्ठसमाचारअझै बनेन कोदारी राजमार्ग

अझै बनेन कोदारी राजमार्ग


तातोपानी । सिन्धुपाल्चोककोे भोटेकोसी गाउँपालिका वडा २ स्थित तातोपानीबाट चीन जोड्ने कोदारी राजमार्ग अझै बनेको छैन । असार १ मा आएको बाढीले कोदारी पुलमा क्षति पुर्याएपछि निर्माण सुरु गरिए पनि अझै अलपत्र परेको हो ।
नेपाल चीन सीमा जोड्ने कोदारी पुलमा असार १ को बाढीले दुबै जगमा क्षति गरेको थियो । भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेलका अनुसार सो पुल मर्मत हुँदै गर्दा पछि अर्काे बाढीले लिपिङ पुलमा क्षति पुर्याएपछि कोदारी पुलको मर्मत रोकिएको छ । ‘कोदारी पुल मर्मत हुँदै थियो, पछि लिपिङ पुलमा क्षति पुगेपछि बन्द गरिएको छ,’ उनले सिन्धुखबरसँग भने, ‘लिपिङ जोखिम भएपछि मर्मतका सामग्री ल्याउन नपाएपछि राजमागै सूचारु हुन नसकेको हो ।’
बाह्रविसेबाट कोदारी जोडने २६ किलोमिटर सडकका अधिकांश स्थानमा पहिरो गएको छ । लिपिङ पुल, कोदारी र घट्टे खण्ड भास्सिएपछि सवारीसाधन ठप्प छ । असार १ मा ३५ मिटर भास्सिएर वर्षातसगै बगेको कोदारी र तातोपानी जोड्ने कोदारी खण्डको भुभागलाई महिनादिनपछि मर्मतसंम्भार गरेर केही दिन संञ्चालनमा ल्याइएको थियो । चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख विजयकुमार महतोकाअनुसार कोदारी खण्डमा तत्कालै सडक खन्दा माथिल्लो कोदारी र चौकी डाडाको विभिन्न गाउबस्ती झनै भास्सिने त्रास देखिएको छ ।


भूकम्पको चार वर्षपछि मालवाहक रुपमा संञ्चालित एकतर्फी आयात सीमावर्ती तातोपानी क्षेत्रको सडक भोटेकोशीको कटान र बर्खापिच्छै पहिरोले क्षतविक्षत हुँदै आइरहेको छ । ‘लिपिङ पुल र सडक भास्सिरहने क्रम रोकिएन्, फलस्वरुप तातोपानी नाका अझै संञ्चालनमा आउन सकेको छैन्, उल्टै बाढीपहिरोको घटनाकै कारण स्थानीय त्रसित छन्, ’भोटेकोशी गापा २ का अध्यक्ष दिपेन्द्रकुमार श्रेष्ठले भने । उनले सडकभर जताततै अवरुद्ध हुदा बिरामी ,सुत्केरी ,वृद्धवृद्धा र बालबालिकाले पैदल हिड्न पनि सास्ती व्यर्होनुपरेको उदाहरण दिए । ‘सडक भास्सिएपछि घण्टौ माथिल्लो पैदल बाटो हिडेर पारी पुग्नुपर्ने बाध्यता छ ,’उनले भने । अविरल वर्षातले बर्खाभर दिनहुँ सडकक्षेत्र भास्सिने क्रम नरोकिएपछि कन्टेनरलाई स्थलमार्गबाट आउजाउ गर्न सकस भएको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सारका अधिकृत नारद गौतमले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!