बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारमेलम्ची बाढी, पक्की पुल, मध्यपहाडी लोकमार्ग, जोड्ने पुल उच्च जोखिममा

मेलम्ची बाढी, पक्की पुल, मध्यपहाडी लोकमार्ग, जोड्ने पुल उच्च जोखिममा


मेलम्ची । शनिबार देखि लगातार बाढी आइरहेको मेलम्ची खोलाले हालसम्म ५२ घर बगाएको छ। लगातार आएको बाढीले हेलम्बु र मेलम्ची क्षेत्रका २४ पक्की घर र २८ कच्ची घर बगाएको हो । असार १ गतेको बाढीले बाँकी राखेका घरहरु बगाएको प्रहरीले जनाएको छ । त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र एक रेडियोको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।
बाढीको बहावले पुल माथिबाट खोला बगेकाले पुलको अवस्था के कस्तो हो भन्ने थाहा हुन नसकेको हो । हेलम्बु गायउँपालिका २ को कात्तिके खोलामा रहेको पक्की पुल, हेलम्बुको १ र २ वडा जोड्ने घट्टे खोलामाथिको पक्की पुलको अवस्था थाहा हुन नसकेको हो । त्यस्तै दुई घर पनि खोलाको वहावले पुरेकाले थाहा हुन सकेको छैन् ।
मेलम्चीमा पानीको बहाव बढिरहेको छ । बाढीको उच्च जोखिममा ग्याल्थुम बजार र ढुंगे बजार उच्च जोखिममा छन् । यता, मेलम्ची बजारमा पनि खोला पसेको छ । असार १ को बाढी पसेर लेदो भरिएको घरहरु सफा गर्दा नगर्दै पुन आज बस्तीमा बाढी पसेको हो ।
यता, मध्यपहाडी लोकमार्ग जोड्ने एकमात्रै बाहुनेपाटीको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । पुलको फाउण्डेशनको भाग बाढीले बगाइसकेको छ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!