बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारहेलम्बुका अध्यक्ष शेर्पाले गृहमन्त्रीलाई बाढीको अवस्था जानकारी गराए, नदि किनारका बस्ती सार्नुपर्ने

हेलम्बुका अध्यक्ष शेर्पाले गृहमन्त्रीलाई बाढीको अवस्था जानकारी गराए, नदि किनारका बस्ती सार्नुपर्ने


काठमाण्डौं । असार १ गतेको बाढीले हेलम्बु र मेलम्चीलाई निकै क्षति गरायो । पानी नपर्दासमेत अकल्पनीय रुपा आएको बाढीको कारण पहिल्याउन नसक्दै शनिबार राति फेरि उही प्रकृतिको बाढी झर्यो । हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुल बगायो । १२ घर बगे । फेरि नदि किनारका बासिन्दा भागाभागमा परे ।

अकल्पनीय रुपमा बाढी आएपछि हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पा बाढी र पहिरोको उद्गमस्थल भ्रेमाथाङ पुगे हेलिकोप्टरबाट । त्यहाँको अवस्थाबारे नियाले अनि फर्किए । ‘अवस्था निकै नाजुक छ, त्यहाँको स्थिति निकै डरलाग्दो छ,’ अध्यक्ष शेर्पाले सुनाए, ‘दुबैतर्फबाट पहिरो झरिरहेको छ ।’ उनले बाढी फेरि आउन सक्ने अवस्था रहेको बताए ।

भ्रेमाथाङको अवस्था नियालेर अध्यक्ष शेर्पा तत्काल काठमाण्डौं पुगे । अनि गृहमन्त्री बालकृष्ण खाँणलाई भेटे । त्यहाँको अवस्थाको भिडियो देखाए । अनि भने ‘अवस्था यस्तो छ, के गर्ने हो आफै हेर्नुहोस् ।’
अध्यक्ष शेर्पाले कुनै पनि बेला झनै ठूलो बाढी आउनसक्ने आँकलन गरेका छन् । नदि किनारका बासिन्दालाई तत्काल सानूृृपर्ने अवस्था रहेको उनको भनाई छ ।
मेलम्ची खोला वरपरका बस्ती सार्नुको विकल्प नभएको हेलम्बु गाउँपालिकाका अध्यक्ष शेर्पाले जानकारी दिए ।
’मेलम्चीको मुहानभन्दा तल चौरमा माथिबाट बगेर आएको ढुंगा, माटो र बालुवा थुप्रिएको छ । सानो पानी पर्दा त्यो कटान भएर बगिरहेको हो,’ शेर्पाले भने, ’हामीसँग मेलम्चीको वरिपरीको बस्तीलाई सार्नुभन्दा अर्को विकल्प छैन । प्रमुख जिल्ला अधिकारी र गृहमन्त्रीलाई पनि यसबारे जानकारी गराइसकेका छौं ।’
मेलम्चीको पानीले उक्त चौरमा करिब २ सय मिटर उचाइका ढिस्का तयार पारेको र ती पनि बग्ने क्रममा रहेका शेर्पाले बताए । ’पानीमा लेदो बग्दै आइरहेको छ । अझै रोकिने अवस्था छैन । पानी परेमा झन् खतरा छ,’ उनले थपे ।

तत्कालका लागि मेलम्ची नदी किनारका बस्ती सार्ने तयारी भइरहेको शेर्पाले जानकारी दिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!