चनौटे बेलिब्रिजको जिम्मा मोहन बस्नेतले लिए

मेलम्ची । बाढीले चनौटेमा रहेको रातो पुल बगाएपछि बेलिब्रिज हाल्ने जिम्मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बस्नेतले लिएका छन् । रातो पुल बगाएसँगै हेलम्बुसँग सडक सम्पर्क टुटेका कारण छिट्टै बेलिब्रिज बनाउने जिम्मा नेता बस्नेतले लिएका हुन् ।
रातो पुल बगाएपछि हेलम्बुसँग सडक सम्बन्ध छिट्टै गराउन बस्नेतले पुल बनाउने पहल गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग कुरा गरिसकेको पूर्व सूचना तथा सञ्चारमन्त्री बस्नेतले टेलिफोनमा जानकारी दिए । ‘कुरा सकारात्मक छ, बेलिब्रिज छिट्टै बन्छ, त्यसको जिम्मा म लिन्छु,’ बस्नेतले टेलिफोनमा सिन्धु खबरसँग भने ।
पुल निर्माणका लागि छिट्टै प्राविधिक टोली खटाइने बस्न्ेतले जानकारी दिए ।
क्याटेगोरी : समाचार, समाज
ट्याग : #breaking
तपाईको प्रतिक्रिया दिनुहोस