बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारपूजाको प्रसाद खाँदा मेलम्ची चालिसे गाउँका २८ जना बिरामी

पूजाको प्रसाद खाँदा मेलम्ची चालिसे गाउँका २८ जना बिरामी


सिन्धुपाल्चोक। मेलम्ची नगरपालिका–११ चालिसे गाउँ चापाबोटमा पूजाको प्रसाद खाँदा २८ जना बिरामी भएका छन् । साउन १४ गतेको पुजामा सहभागीहरू मध्ये २८ जनालाई एउटै प्रकारको झाडापखाला लागेको मेलम्ची नगरपालिकाका उपप्रमुख भगवती नेपालले जानकारी दिनुभयो । सबैलाई स्वास्थ्य चौकी ल्याउन सम्भव नभएकाले बिहान स्वास्थ्यकर्मीसहितको टोली लगेर उपचार गरेर फर्केको उहाँले जानकारी दिनुभयो । बिरामीमध्ये ३ जनालाई स्वास्थ्य केन्द्र मेलम्चीमा ल्याइएको छ । अन्य बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उहाँले बताउनुभयो । उनीहरुमा फुडपोइजनका कारणले झाडापखाला लागेकोले ४८ घण्टासम्म सबैलाई ठिक भइसक्ने स्वास्थ्यकर्मीले बताएका छन्


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!