बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारमेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगायो

मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगायो


सिन्धुपाल्चोक  । शनिबार राती आएको भीषण बाढीले सिन्धुपाल्चोकको मेलम्चीमा रहेको रेडियो मेलम्चीको भवन बगाएको छ । राती १ बजे रेडियो मेलम्चीको भवन भत्काएर बगाएको रेडियोका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिनुभयो । भवन थियो अहिले त नामो निसान केही छैन् डम्बरले भन्नुभयो हेर्दाहेर्दै राति १ बजे भवन बगाएर लग्यो । उहाँको अनुसार खोलाले किउलका तीनवटा घर बगाएको छ । रेडियो मेलम्चीको भवन हुँदै पछिले समय खोला बग्ने गर्दथ्यो । मेलम्चीका बस्तीहरु भने हालसम्म सुरक्षित छ । पुरानो बजारमा सफा गरिरहेका केही घरमा पुन लेदो बसेको पनि अध्यक्ष भारतीले जानकारी दिनुभयो । यसअघि असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो । त्यतिबेला नै बाढीमा डुबेपनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!