बुधबार, असोज ६, २०७८
गृहपृष्ठसमाचारबाढीले हेलम्बुको रातो पक्की पुल बगायो (हेर्नुहोस् भिडियो)

बाढीले हेलम्बुको रातो पक्की पुल बगायो (हेर्नुहोस् भिडियो)


सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिकाको चनौटेमा रहेको रातो पक्की पुल बगाएको छ । आज बिहान ७ बजेर ५३ मिनेटमा हेलम्बु ७ चनौटेमा रहेको रातो पक्की पुल बगाएको स्थानीय शिव देउजाले जानकारी दिनुभयो ।
यो पुल असार १ गते आएको बाढीबाट बचेको थियो । यो पुल बगाएसँगैं हेलम्बु गाउँपालिका कार्यालय र मेलम्ची खानेपानी आयोजना सडकसम्पर्कबाट विच्छेद भएको छ । शनिबार रातिबाट आएको बाढी बढ्दै गएपछि बिहान उक्त पुल बगाएको हो र रातिबाट नै पुलको माथि हुँदै पानी बगेको थियो । पुल बगाएपछि हेलम्बु गाउँपालिकाको १,२ र ३ नम्बर वडा पूर्णरुपमा सम्पर्कविच्छेद भएको स्थानीय देउजाले बताउनुभयो । उहाँका अनुसार मेलम्ची नगरपालिकाको वडा ७ र ८ मा त्यही पुल हुँदै गाडी ओहोरदोहोर गर्ने गर्दथ्यो । त्यो पनि टुटेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस

धेरै रुचाईएको
error: Content is protected !!